
शिमला, १३ नोभेम्बर (हि.स.)। शिमलामा पुलिसले लागुऔषध विरुद्ध सञ्चालन गरिरहेको अभियान अन्तर्गत एउटा बसमा जाँच गर्ने क्रममा लगभग १४ ग्राम हेरोइन जफत गरेको छ। उक्त लागुऔषध बसको एउटा सिटमा राखिएको पारदर्शी हल्का हरियो रङको प्लास्टिकको प्याकेटमा फेला परेको थियो। जाँचका क्रममा उक्त प्याकेट एक किशोरको सिटमा राखिएको पाइयो। पुलिसले यस मामिलामा किशोरलाई नियन्त्रणमा लिएर कानूनी प्रक्रिया पूरा गरेपछि अवलोकन गृह (अब्जर्भेसन होम) पठाएको छ।
पुलिस अनुसार, स्पेशल सेल शिमलाको टोलीले बिहिवार अबेर साँझ पुलिस चौकी शोघी नजिक राष्ट्रिय राजमार्ग–०५ मा नाकाबन्दी गरेको थियो। यस क्रममा त्यहाँबाट गुड़िरहेको एउटा बसलाई जाँचका लागि रोकियो। बसको तलासी लिने क्रममा एउटा सिटमा राखिएको प्लास्टिकको प्याकेट फेला पर्यो। प्याकेट जाँच गर्दा त्यसमा लगभग १४ ग्राम हेरोइन भेटियो। त्यसपछि पुलिसले घटनाको अनुसन्धान शुरु गरेको थियो।
यस सम्बन्धमा पुलिस थाना बालूगञ्जमा एनडीपीएस एक्टको धारा २१ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। पुलिसले किशोरलाई सक्षम अधिकारी समक्ष उपस्थित गराएको थियो। त्यसपछि उनलाई अवलोकन गृह पठाइएको छ। पुलिसले घटनाको थप अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी