शिखा इन अग्निकाण्ड मामिलामा कोलकाता पुलिसले चार्जशीट दर्ता गऱ्यो,  तीन जना अभियुक्तहरूको नाम दर्ता
आग


कोलकाता, 13 नोभेम्बर (हि.स.)। कोलकाता पुलिसले मिर्जा गालिब स्ट्रीटस्थित होटल शिखा इनमा भएको भीषण आगलागीको सम्बन्धमा आफ्नो अनुसन्धान पूरा गरी आरोप पत्र दर्ता गरेको छ। गत 18 र 19 अगस्तको मध्यरातमा भएको दुःखद दुर्घटनामा एकजना बालक सहित 9 जना मानिसहरूको मृत्यु भएको थियो। पुलिसले शुक्रवार बतायो, यस मामिलामा तीन जना मानिसहरूलाई आरोपी बनाइएको छ।

पुलिसले बिहीवार कोलकाताको ट्रायल अदालतमा 350 पृष्ठको आरोपपत्र पेश गऱ्यो। सूचीमा पहिलो नाम होटल शिखा इनका मूल मालिक बीरेश्वर मोइत्राको रहेको छ भने अर्को नाम अबु जफरको जसले मोइत्राबाट होटल भाड़ामा लिएका थिए। आरोपपत्रमा तेस्रो नाम अबुकी पत्नी सबा जफरको छ जो दुर्घटनापछि भागिरहेकी थिइन् जसलाई गत महिना मात्रै शहर पुलिसले पक्राउ गरेको थियो।

कोलकाता पुलिसका एकजना अधिकारीले बताए, आरोप पत्रमा 90 जना साक्षीहरूको बयान दर्ता गरिएको छ। अभियुक्तहरूविरुद्ध भारतीय दण्ड संहिता 2023- को धारा अन्तर्गत उद्देश्यहीन हत्या, जीवनलाई जोखिममा पार्ने र आपराधिक षड्यन्त्रको आरोप तय गरिएको छ। यसको साथै फरेन्सिक रिपोर्ट पनि अदालतमा पेश गरिएको छ।

आरोप पत्रमा घटनाको भयावहता तथा गरिएको गम्भीर लापरवाहीलाई विस्तारपूर्वक बताइएको छ। पुलिस अधिकारी अनुसार दस्तावेजहरूमा यस कुराको उल्लेख गरिएको छ कि होटलका ठूल्ठूला कोठाहरूलाई अवैध रूपमा भत्काएर स-साना कोठाहरूमा परिणत गरिएको थियो। लगभग हरेक कोठामा एसी जडा़न गरिएको थियो। कुनै पनि नियमहरूको पालना नगरी यति धेरै एसीहरू जड़ान गरेको कारणले पावर ओभरलोड भयो। बिजुली बोर्डबाट आगो लाग्यो त्यसपछि तुरुन्तै कोठाहरूलाई चपेटमा लियो।

अनुसन्धानले यो पनि खुलासा गरेको छ, जुन भवनमा शिखा इन र अन्य केही लजहरू सञ्चालन भइरहेका थिए, त्यो मूल रूपमा एउटा आवासीय परिसर थियो। कोलकाता नगरनिगम र पश्चिम बङ्गाल अग्निशमन विभागका अधिकारीहरूको अनुमति बिनै यसलाई अवैध रूपमा होटलमा परिणत गरिएको थियो।

भवनको तेस्रो तलामा आगलागी भएपछि होटलका कोठाहरू तीव्र गतिमा बाक्लो धुवाँले भरिएका थिए, जसमा निसास्सिएर नौ जना मानिसहरूको मृत्यु भएको थियो। ज्यान गुमाउनेहरूमध्ये अधिकांश बङ्गलादेशी नागरिक थिए जो उपचारका लागि कोलकाता आएका थिए।

/ बिशाल


 rajesh pande