उपराज्यपाल सिन्हाले कायरतापूर्ण आक्रमणको निन्दा गरे, किश्तवाड़मा जम्मू-कश्मीर पुलिसका दुई जवानको  शहादतप्रति शोक व्यक्त गरे
उपराज्यपाल सिन्हाले कायरतापूर्ण आक्रमणको निन्दा गरे, किश्तवाड़मा जम्मू-कश्मीर पुलिसका दुई जवानको  शहादतप्रति शोक व्यक्त गरे


जम्मू, 13 नोभेम्बर (हि.स.)। उपराज्यपाल मनोज सिन्हाले शुक्रवार जम्मू-कश्मीर पुलिसका दुई बहादुर जवान बाबी चन्द र रशपाल कुमारको शहादतप्रति गहिरो दुःख व्यक्त गरे। यी सैनिकहरूले किश्तवाड़मा आफ्नो कर्तव्य निर्वाह गर्दा-गर्दै देशको लागि आफ्नो ज्यान दिए। एक्समा एउटा पोस्ट जारी गर्दै उपराज्यपालले भने, जम्मू कश्मीर पुलिसका बहादुर जवानद्वय बाबी चन्द र रशपाल कुमारको शहादतबाट म निकै दुःखी छु। उनीहरूले किश्तवाड़मा आफ्नो कर्तव्य निर्वाह गर्दा-गर्दै आफ्नो जीवन बलिदान दिए। म यो कायरतापूर्ण आक्रमणको कड़ा निन्दा गर्दछु। उनको साहस, अटुट समर्पण एवं राष्ट्रप्रतिको निःस्वार्थ सेवालाई सधैँ स्मरण गरिने उनले बताए। शोकको यस घड़ीमा म उनीहरूको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु। हामी यो कठिन समयमा उनीहरूसँग दृढ़तापूर्वक उभिएका छौँ। दुईजना एसपीओहरू (विशेष पुलिस अधिकारीहरू) बुधवार दिउँसो आफ्नो शिविरबाट धरना-मारवाहमा रहेको भारतीय सेनाको चौकीमा ड्युटीमा जाँदै गर्दा बेपत्ता भएका थिए। उनीहरूका शव बिहीवार बिहान दच्छनको जङ्गलमा फेला परेको थियो।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande