
कोलकाता, 13 नोभेम्बर (हि.स.)। उत्तर 24 परगना जिल्ला अन्तर्गत न्यूटाउनको सेन्ट्रल मल सामु अवस्थित वाच टावरमा शुक्रवार बिहान सुरक्षाकर्मीको शव फेला परेपछि क्षेत्रमा खैलाबैला मच्चियो। मृतकको पहिचान सुलग्न डेकाको रूपमा भएको छ। उनी न्यूटाउन कोलकाता विकास प्राधिकरण (एनकेडीए) अन्तर्गत सुरक्षा गार्डका रूपमा कार्यरत थिए। बिहीवार राती सुलग्नले वाच टावरमा सुरक्षाको जिम्मा सम्हालिरहेका थिए।
प्रारम्भिक जानकारी अनुसार शुक्रवार बिहान शौचालय जाने क्रममा पानीको व्यवस्था गर्न पम्प चलाउन पुगेका थिए। यसै अवधि खुल्ला ठाउँमा रहेको बिजुलीको तारको सम्पर्कमा आएर उनको मृत्यु भएको आशङ्का व्यक्त गरिएको छ।
शुक्रवार बिहान ड्युटीमा आएका अन्य सुरक्षाकर्मीहरूले उनलाई घटनास्थलमा सुतिरहेको भेट्टाए। उनलाई तत्कालै अस्पताल लगियो जहाँ डाक्टरले उनलाई मृत घोषित गरिदिए।
घटनाको जानकारी पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर अनुसन्धान शुरु गऱ्यो। पश्चिम बङ्गाल राज्य विद्युत वितरण कम्पनी (डब्ल्यूबीएसइडीसीएल)- ले पनि यस घटनाको छुट्टै अनुसन्धान गर्ने कुरा सार्वजनिक भएको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा