सोरेङ जिल्ला पुलिसद्वारा एसएसपी नहकुल प्रधानलाई गार्ड अफ अनर प्रदान
सोरेङ जिल्ला पुलिसद्वारा एसएसपी नहकुल प्रधानलाई गार्ड अफ अनर प्रदान


गान्तोक, 13 नोभेम्बर (हि.स.)। हालै वरिष्ठ पुलिस अधीक्षक (एसएसपी) पदमा पदोन्नती भई नयाँ पदभार ग्रहण गरेका सोरेङ जिल्लाका वरिष्ठ पुलिस अधीक्षक नहकुल प्रधानलाई शुक्रबार सोरेङस्थित जिल्ला प्रशासनिक केन्द्र (डीएसी) मा जिल्ला पुलिसद्वारा सम्मानस्वरूप गार्ड अफ अनर प्रदान गरिएको छ।

वरिष्ठ पुलिस अधीक्षक पदमा पदोन्नति भएको सम्मान तथा कदरस्वरूप सोरेङ जिल्ला पुलिसका जवान तथा अधिकारीहरूले उनलाई औपचारिक सम्मान सलामी अर्पण गरेका हुन्।

यस अवसरमा सोरेङका जिल्लापाल धीरज सुबेदी, अतिरिक्त पुलिस अधीक्षक (सोरेङ) पर्शुराम शर्मा, एसडीएम (सोरेङ) सक्छुम लेप्चा, एसडीपीओ (सोरेङ) छेवाङ डी भोटिया तथा एसडीपीओ (मङ्गलबारे) तारा शर्मालगायत विभिन्न विभाग तथा कार्यालयका प्रमुखहरू, पुलिस थाना प्रभारीहरू, प्रहरी अधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande