आगलागीमा 40 लाखको सामान जलेर स्वाहा
रंगापाड़ा में देर रात सामान से लदे ट्रक में लगी भीषण आग, करीब 40 लाख रुपये का सामान जलकर राख


शोणितपुर (असम), 13 नोभेम्बर (हि.स.)। जिल्लाको रङ्गापाड़ामा सड़क किनारमा खड़ा गरिएको ट्रकमा अचानक आगलागी भयो जसले गर्दा क्षेत्रमा खैलाबैला मच्चियो। सड़क किनारमा सामानले भरिएको ट्रक (एएस-09एसी-2453)- मा बितेको राती अचानक आगलागी भएको बताइएको छ। प्रारम्भिक आशङ्कामा आगलागीको कारण प्राविधिक त्रुटि हुनसक्छ।

पुलिस सूत्रले आज बताएको छ, साप्ताहिक बजारमा सामान पुऱ्याउनको लागि ट्रकमा अबेर राती सामान लोड गरी त्यसलाई रङ्गापाड़ाको सड़कमा पार्क गरिएको थियो। यस अवधि अचानक ट्रकमा आगो लाग्यो। घटनाको जानकारी पाउनसाथ रङ्गपाड़ा पुलिस तथा फायर ब्रिगेडको टोली घटनास्थलमा पुग्यो अनि लामो प्रयासपछि आगोलाई नियन्त्रण गऱ्यो।

तथापि आगो निभाउन सफल भए पनि ट्रकमा रहेको करिब 40 लाख रुपियाँ मूल्यको सामान आगलागीमा पूर्ण रूपमा नष्ट भएको छ। उक्त घटनाको कारणले क्षेत्रमा केही समयसम्म खैलाबैला मच्चियो। पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande