
मिर्जापुर, १३ नोभेम्बर (हि.स.)। विन्ध्याचल थाना क्षेत्रको सेमरी गाउँमा पिताको हत्या गरेको आरोपमा पुलिसले शुक्रवार नामजद अभियुक्तलाई पक्राउ गरेको छ। पुलिसले उसलाई अदालतमा पेश गरेपछि जेल पठाएको छ।
पुलिस अनुसार, ११ नोभेम्बरमा सेमरी निवासी राजकुमारले आफ्ना पिताको हत्या सम्बन्धमा नामजद अभियुक्त विरुद्ध विन्ध्याचल थानामा उजुरी दिएका थिए। उजुरीका आधारमा मुद्दा दर्ता गरी पुलिसले अनुसन्धान शुरु गरेको थियो।
पुलिस अधीक्षक अपर्णा रजत कौशिकले घटनालाई गम्भीरतापूर्वक लिँदै अभियुक्तलाई शीघ्र पक्राउ गर्न निर्देश दिएकी थिइन्। सोही क्रममा उपनिरीक्षक अजय कुमार मिश्र र चन्द्रभान सिंहको टोलीले शुक्रवार प्राप्त सूचनाका आधारमा विन्ध्याचल थाना क्षेत्रबाट अभियुक्त आर्यमान उर्फ अवधनारायण उर्फ बालकदास (केवला प्रसादका छोरा), निवासी दुबहा, थाना जिगनालाई पक्राउ गरेको हो।
पुलिसले उ विरुद्ध आवश्यक कानूनी कारबाही गरी जेल पठाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी