बाल दिवसमा सिक्किम शिशु समृद्धि योजनाअन्तर्गत चेक वितरण तथा जनचेतनामूलक कार्यक्रम आयोजना
बाल दिवसमा सिक्किम शिशु समृद्धि योजनाअन्तर्गत चेक वितरण तथा जनचेतनामूलक कार्यक्रम आयोजना


गान्तोक, 14 नोभेम्बर (हि.स.)। बाल दिवस २०२६ को अवसरमा वन तथा पर्यावरण विभागले आज राज्यभरि ‘मेरो रुख, मेरो सन्तति’ अभियानलाई थप सशक्त बनाउँदै सिक्किम शिशु समृद्धि योजनाअन्तर्गत चेक वितरण, सरसफाई अभियान, वृक्षरोपण तथा वातावरणसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू आयोजना गर्‍यो।

राज्यभरिका वन संरक्षणसम्बन्धी पहलहरूलाई प्रोत्साहन गर्नुका साथै विशेषगरी आगलागीको जोखिम रहेका क्षेत्रहरूमा पर्यावरण संरक्षणसम्बन्धी चेतना अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो। नाम्ली वार्डको नौं माइलमा आयोजित कार्यक्रममा क्षेत्र विधायक सोनाम भेन्चुङ्पा मुख्य अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा सिक्किम शिशु समृद्धि योजनाअन्तर्गत ४८ जना लाभार्थीहरूलाई चेक वितरण गरियो।

कार्यक्रममा पञ्चायत अध्यक्ष अम्बिका भट्टराई, पीएचई विभागकी अध्यक्ष छुमिला भोटिया, सहायक वन संरक्षक कर्म सोनाम भुटिया, रानीपुलकी रेञ्ज अधिकृत प्रणिता परियार, वन तथा वातावरण विभागका अधिकारीहरू तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।यसैगरी, बुलबुलेस्थित रेडियो स्टेसनमा पनि कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सिक्किम शिशु समृद्धि योजनाअन्तर्गत १० जना लाभार्थीहरूलाई चेक वितरण गरियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande