कारमा सवार व्यक्तिमाथि गोली प्रहार, गम्भीर अवस्थामा सदर अस्पताल रेफर
अररिया फोटो:पुलिस जांच करती


अररिया फोटो:घटनास्थल पर गाड़ी


अररिया, १४ नोभेम्बर (हि.स.)। जिल्लाको कुआड़ी थाना क्षेत्र अन्तर्गत पहुंसी हाईस्कूल नजिक शनिवार दिनदहाड़ै पिकअप गाड़ीमा सवार चालकले कारमा सवार एक व्यक्तिमाथि गोली प्रहार गरी घाइते बनाएका छन्। घटनापछि पिकअप चालक गाड़ी घटनास्थलमै छाड़ेर फरार भएका छन्। घाइतेको पहिचान अमित कुमार भगत मोहरिलका रूपमा भएको छ। उनलाई गम्भीर अवस्थामा सदर अस्पतालमा भर्ती गरिएको छ। घटना कुआड़ी थाना क्षेत्रको पहुंसी पञ्चायत स्थित वड़ा नम्बर चारको हो।

प्राप्त जानकारीअनुसार, पहुंसी हाईस्कूल नजिक पहिले पिकअप गाड़ीले सुजुकी कारलाई ठक्कर दिएको थियो। त्यसपछि दुवै पक्षबीच भनाभन शुरु भयो। यही क्रममा पिकअपमा सवार चालकले कारमा रहेका अमित कुमार भगतमाथि गोली प्रहार गरी घटनास्थलबाट फरार भए।

घटनाको सूचना पाएपछि कुआड़ी थानाध्यक्ष विकास कुमार घटनास्थलमा पुगेर घाइतेलाई सदर अस्पताल पठाए। अस्पतालमा उनको अवस्था गम्भीर रहेको बताइएको छ।

प्राथमिक उपचारपछि उनलाई अन्यत्र रेफर गर्ने प्रक्रिया भइरहेको छ। पुलिसले घटनास्थलबाट गोलीको खाली खोका जफत गरेको छ। घटनामा संलग्न पिकअप गाड़ी सहित सुजुकी कार पनि घटनास्थलमै रहेको छ। घटनाको अनुसन्धानका लागि एफएसएल टोलीलाई बोलाइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande