
रायपुर/महासमुन्द, 14 नोभेम्बर (हि.स.)। छत्तीसगढ़को महासमुन्द जिल्लाको राष्ट्रिय राजमार्ग-353 मा शनिवार बिहान (14 नोभेम्बर, 2026) एउटा द्रुत गतिको एम्बुलेन्स सड़क किनारमा खड़ा ट्रकसित ठोक्कियो जसले गर्दा एम्बुलेन्समा सवार दुई जना महिलाको घटनास्थलमै मृत्यु भयो। अन्य तीन जना मानिसहरू गम्भीर रूपमा घाइते भएका छन्। सूचना पाउनसाथ बागबाहरा पुलिसले घटनास्थलमा पुगेर घटनाको अनुसन्धान शुरु गरेको छ।
बागबाहरा पुलिसले बताएको छ, यो दुर्घटना महासमुन्द जिल्लाको बागबाहरा थाना क्षेत्रमा देवाशिष स्कूल नजिकै एनएच-353 मा शनिवार बिहान भएको हो। प्रारम्भिक रिपोर्ट अनुसार एकजना बिरामीलाई लिएर गइरहेको एम्बुलेन्स ओडिशा तर्फ गइरहेको थियो यसै क्रममा एम्बुलेन्स सड़कमा खड़ा ट्रकसँग ठोक्कियो। यस भयानक ठक्करमा वाहन पूर्ण रूपमा क्षतिग्रस्त भयो भने दुई जना महिलाहरूको घटनास्थलमै मृत्यु भयो।
दुर्घटनाको सूचना पाउनसाथ पुलिस तुरुन्तै घटनास्थलमा पुग्यो। पुलिसले स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई तुरुन्तै नजिकैको अस्पतालमा पुऱ्यायो जहाँ उनीहरूको अवस्था गम्भीर छ। यसैबीच मृतकको शव पोस्टमर्टम गर्नको लागि पठाइएको छ। यो खबर लेखुञ्जेलसम्म ती दुई महिलाको पहिचान हुन सकेको थिएन। पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा