बाल दिवसको अवसरमा विधायकले जलपाईगुडी सदर प्राथमिक बालिका विद्यालयमा छात्राहरूलाई खाना पस्किदिए
जलपाईगुड़ी के भाजपा विधायक अनंत देव अधिकारी मिड-डे मील का आनंद लेते हुए


जलपाईगुडी, 14 नोभेम्बर (हि.स.)। बाल दिवसको अवसरमा शनिवार जलपाईगुडी सदर प्राथमिक बालिका विद्यालयमा उत्साह एवं उल्लासको साथमा विशेष कार्यक्रम आयोजना गरियो। यस अवसरमा जलपाईगुडीबाट भाजपाका विधायक अनन्त देव अधिकारीले विशेष छात्राहरूको निम्ति खाना पस्किदिए। विद्यालय परिसरमा सांस्कृतिक कार्यक्रम सहित विद्यार्थीहरूका लागि विशेष भोजनको व्यवस्था गरियो।

कार्यक्रममा विद्यार्थीहरूले नृत्य तथा साङ्गीतिक प्रस्तुति मार्फत बाल दिवसको आनन्द उठाए। यता यस दिनको मध्यान्ह भोजन अन्तर्गत, छात्राहरूलाई विशेष मेनूमा तातो-तातो पुरी, छोला र मिठाईको रूपमा लड्डु पस्किइयो। आफूलाई मनपर्ने खाना पाएर विद्यार्थीहरूको अनुहार उज्यालो भयो।

यस अवसरमा जलपाईगुडीका विधायक अनन्त देव अधिकारी विशेष रूपमा उपस्थित थिए। उनले विद्यार्थिहरूलाई आफ्नै हातले खाना पस्किदिए अनि उनीहरूसँग बसेर खाना पनि खाए। छात्राहरूबीच समय व्यतित गर्दा विधायक निकै भावुक देखिन्थे। जलपाईगुडी डीपीएससीका अध्यक्ष धीरज मोहन घोष लगायत अन्य गण्यमान्य व्यक्तिहरू पनि कार्यक्रममा उपस्थित थिए। विद्यालयमा बाल दिवस समारोह सांस्कृतिक प्रस्तुति एवं विशेष भोजनको साथमा सम्पन्न भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande