दुई बाइकको भिड़न्तमा एकजनाको मृत्यु, तीन जना घाइते
दुई बाइकको भिड़न्तमा एकजनाको मृत्यु, तीन जना घाइते


कुचबिहार, 14 नोभेम्बर (हि.स.)। जिल्लाको चेङ्गरााबन्धा ग्राम पञ्चायत अन्तर्गत राज्य राजमार्ग-16 मा शनिवार दुई वटा मोटरसाइकल आपस्तमा ठोक्किएर दुर्घटनाग्रस्त भयो जसमा एकजनाको मृत्यु भयो भने अन्य तीन जना बाइक सवार मानिसहरू गम्भीर रूपमा घाइते भएको बताइएको छ।

स्थानीय सूत्र अनुसार गए राती बड़ाकामात बजार संलग्न राज्य राजमार्गमा दुई वटा तीव्र गतिमा गइरहेका बाइकहरूआपस्तमा ठोक्किए। ठक्करको धक्का यति गम्भीर थियो कि दुवै बाइकमा सवार चार जना व्यक्तिहरू उछिटिएर सड़कमा झरे। दुर्घटनाको सूचना पाउनसाथ मेखलिगञ्ज थानाको पुलिस तथा अग्निशमन विभागको टीम घटनास्थलमा पुगे।

दुर्घटनापछि स्थानीय बासिन्दाहरूले तत्परता देखाउँदै घाइतेहरूलाई उद्धार गरी चेङ्गराबन्धा ब्लक प्राथमिक स्वास्थ्य केन्द्रमा लगे जहाँ डाक्टरहरूले एकजनालाई मृत घोषित गरिदिए। मृतकको पहिचान जमालदह क्षेत्रका बासिन्दा दुलाल चन्द्र सरकारको रूपमा भएको छ।

दुर्घटनामा घाइते भएका अन्य तीन जना मानिसहरूको अवस्था गम्भीर छ।

प्राथमिक उपचारपछि डाक्टरले उनलाई उन्नत उपचारका लागि जलपाईगुडी रेफर गरिदिएका छन्। मेखलिगञ्ज पुलिसले दुर्घटनामा संलग्न सवारी साधन जफत गरी अनुसन्धान शुरु गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande