गाउँमा सड़क किनारमा अधबैंसे व्यक्तिको शव फेला, पुलिस अनुसन्धानमा जुट्यो
मौके पर मौजूद पुलिस


फर्रुखाबाद, १४ नोभेम्बर (हि.स.)। जहानगञ्ज थाना क्षेत्र अन्तर्गत चौकी महमदपुर गाउँमा ५० वर्षीय अवधेश राजपूतको शव फेला परेपछि क्षेत्रमा सनसनी फैलिएको छ। अवधेश राजपूतको शव उनको घरबाट लगभग २५० मिटर टाढ़ा गाउँको छेउमा रहेको उनकै खाली जग्गामा भेटिएको हो।

अवधेशको टाउकोमा चोट देखिएको थियो भने घटनास्थलमा रगत पनि लागेको थियो। सूचना पाएपछि घटनास्थल पुगेका जहानगञ्ज थानाका प्रभारी निरीक्षक ब्रजमोहन पालले राजपूताना चौकी इन्चार्जसँगै घटनास्थलको निरीक्षण गरे। त्यसपछि शव पोस्टमार्टमका लागि पठाइएको छ।

गाउँमा पत्नी सुनीतासँगको विवादका कारण अवधेश राजपूतले आफैँलाई गोली हानेर आत्महत्या गरेको चर्चा छ। उनका जेठा छोरा पवन मुम्बईमा र कान्छा छोरा अनुज दिल्लीमा काम गर्छन्। सूचना पाएपछि दुवै छोरा गाउँतर्फ प्रस्थान गरेका छन्।

थाना प्रभारी ब्रजमोहन पालले अवधेशको टाउकोमा चोट रहेको बताउँदै पोस्टमार्टम रिपोर्टबाट मात्रै उक्त चोट गोली लागेका कारण भएको हो वा कसैले गोली हानेर हत्या गरेको हो भन्ने स्पष्ट हुने बताए। पुलिसले सबै पक्षबाट घटनाको अनुसन्धान गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande