आईआईटी गुवाहाटीमा बाल दिवस, पहिलो ओपन किड्स एथलेटिक्स प्रतियोगिता आयोजित
Image of the IIT Guwahati Celebrations of Children's Day With Open Kids Athletics Competition.


गुवाहाटी, 14 नोभेम्बर (हि.स.)। भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको जन्मजयन्तीलाई देशभरि नै बाल दिवसका रूपमा मनाइन्छ। बाल-बालिका एवं फूलहरूप्रति विशेष लगाव राख्ने पण्डित नेहरूको जन्मजयन्तीमा विभिन्न कार्यक्रमहरू आयोजना गरियो।

सोही क्रममा इण्डियन इन्स्टिट्यूट अफ टेक्नोलोजी (आईआईटी) गुवाहाटीमा बाल दिवसको अवसरमा रङ्गारङ्ग कार्यक्रम आयोजना गरियो। यस अवसरमा किड्स स्पोर्ट्स एसोसिएशनको पहलमा आईआईटी गुवाहाटीको खेल मैदानमा पहिलोपटक 'ओपन किड्स एथलेटिक्स प्रतियोगिता-2026' आयोजना गरियो।

यस प्रतियोगितामा असमका विभिन्न भागका करिब 300 बाल-बालिकाहरूले उत्साहपूर्वक भाग लिएर आफ्नो खेलकुद प्रतिभा प्रदर्शन गरे।

प्रतियोगिताको औपचारिक उद्घाटन आईआईटी गुवाहाटीका उपनिर्देशक प्रोफेसर उदय शङ्कर दीक्षितले गरे। यस अवसरमा उनले शारीरिक र मानसिक रूपमा बलियो बन्नका लागि बाल-बालिकाहरूलाई खेलकुदमा सक्रिय भाग लिन र खेलकुदमा रुचि विकास गर्न आह्वान गरे।

कार्यक्रममा अन्तर्राष्ट्रिय खेलाड़ी ताइबुद्दिन निशा, किड्स स्पोर्ट्स एसोसिएशनका अध्यक्ष दिगन्त साइकिया, आईआईटी गुवाहाटीका खेल अध्यक्ष प्रोफेसर एन. किपगेन तथा असम ओलम्पिक एसोसिएशनका कोषाध्यक्ष अशोक कुमार भराली सहित केही गण्यमान्य व्यक्तिहरू उपस्थित थिए।

यस आयोजनको माध्यमबाट बाल-बालिकाहरूले आफ्नो खेलकुद प्रतिभा प्रदर्शन गर्ने अवसर पाए। बाल-बालिकाहरूको सर्वाङ्गीण विकासमा खेलकुद र शारीरिक स्वास्थ्यको महत्त्वलाई पनि रेखाङ्कित गरियो।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande