
गिरिडीह, 14 नोभेम्बर (हि.स.)। गिरिडीहको मुफ्फसिल थाना क्षेत्रमा बोक्सीको आरोपमा 56 वर्षीया आदिवासी महिलाको हत्या भएको घटना शनिवार प्रकाशमा आएको छ।
परिवारका सदस्यहरूको भनाइ छ, हतियार प्रहार गरी महिलाको ज्यान लिइयो। घटना पछाड़िको कारण बोक्सी रहेको बताइएको छ। यो घटना बासाबुदा गाउँमा भएको हो।
घटनाको खबर पाउनसाथ एसपी डा. बिमलको निर्देशमा सदर एसडीपीओ जितबाहन उराँवले अभर निरीक्षक सञ्जय कुमार, गौतम कुमार, सहायक अवर निरीक्षक राहुल सिंह, सुबोधकुमार दासलाई दलबल सहित घटनास्थलमा पठाए। पुलिसले शवलाई कब्जामा लिएर अनुसन्धान शुरु गरेको छ।
घटनाको बारेमा मृतकाका पतिले बताए, गोतियाका एकजना नानीको बिमार भएको कारणले मृत्यु भएको थियो। यस्तो अवस्थामा शुक्रवार राती गोतिया र उनको परिवार उनीहरूको घरमा आए। उनी र उनकी श्रीमतीलाई घरबाट बाहिर निकालेर निर्दयतापूर्वक कुटपिट गर्न थाले। उनले बताए, मलाई पनि कुटपिट गरे र मेरी श्रीमतीलाई पनि कुटपिट गरे। मेरी श्रीमतीलाई धारिलो हतियारले आक्रमण गरियो जसले गर्दा उसको मृत्यु भयो।
एसडीपीओले बताए, मध्यम उमेरकी महिलाको हत्या गरिएको छ। हत्या बोक्सीको आरोपमा भएको बताइएको छ। सबै बिन्दुमा अनुसन्धान भइरहेको छ। अभियुक्तलाई पक्राउ गर्ने प्रयास भइरहेको छ। अहिले पोस्टमर्टमको कारबही गरिएको छ।
पञ्चायत समिति सदस्य विकास तिवारीले बताए, उनको पञ्चायतकी मध्यम उमेरकी महिलाको निर्दयतापूर्वक हत्या गरिएको छ। बोक्सीको आरोप लगाएर ज्चान लिइएको छ। पुलिसले शवलाई कब्जामा लिएर अग्रिम जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा