
गोलाघाट (असम), 14 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले शनिवार काजीरङ्गा पुगे। यहाँ उनले रङ्गाजानमा भएको भयानक सड़क दुर्घटनास्थलको निरीक्षण गरे। गए शुक्रवार भएको यस पी़ड़ादायी दुर्घटनामा ज्यान गुमाउनेहरूको सङ्ख्या अहिलेसम्म 26 पुगेको छ।
उल्लेखनीय छ, रङ्गाजानमा एउटा ट्राभलर वाहन र कन्टेनर ट्रक आपस्तमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो। ठक्कर यस्तो भयानक थियो जसले गर्दा धेरै जनाको घटनास्थलमै मृत्यु भयो भने अन्य धेरैजना घाइते भए।
मुख्यमन्त्रीले घटनास्थलको भ्रमण गरी अवस्थाको जायजा लिए। उक्त घटनाले सम्पूर्ण क्षेत्रमा शोक फैलाएको छ। यस दुःखद दुर्घटनाको कारणले ज्यान गुमाउने मानिसहरूका परिवारहरू स्तब्ध भएका छन्। अधिकारीहरू राहत एवं उद्धार कार्यमा जुटेका छन् भने घाइतेहरूलाई आवश्यक सहयोग प्रदान गरिरहेका छन्।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा