
कोलकाता, 14 नोभेम्बर (हि.स.)। कोलकाता मेट्रो रेलले नोभेम्बर र दिसम्बर गरी चार आइतवार ब्लू लाइनमा मेट्रो सेवाहरू आंशिक रूपमा बन्द गर्ने निर्णय लिएको छ।
मेट्रोद्वारा जारी विज्ञप्ति अनुसार आगामी 29 नोभेम्बर र 6 डदिसम्बरको बिहान 9 देखि साँझ 6 बजेसम्म शहीद खुदीराम एवं महानायक उत्तम कुमार स्टेशनबीच मेट्रो सञ्चालन बन्द रहने छ।
यस अवधि दक्षिणेश्वरदेखि महानायक उत्तम कुमार स्टेशनसम्म मेट्रो सेवा उपलब्ध रहनेछ। दुवै किनारबाट पहिलो मेट्रो बिहान 9 बजे प्रस्थान गर्नेछ। दक्षिणेश्वर र शहीद खुदीराम स्टेशनबाट अन्तिम मेट्रो निर्धारित समय अनुसार चल्नेछ। साँझ 6 बजेपछि ब्लू लाइनको सम्पूर्ण मार्गमा सामान्य सेवा पुनः शुरु हुने अपेक्षा गरिएको छ।
यसबाहेक शहीद खुदीरामदेखि मैदान स्टेशनसम्मको मेट्रो सेवा दिसम्बर 13- मा पनि बिहान 9 बजीदेखि साँझ 6 बजीसम्म बन्द रहनेछ। यस दिन दक्षिणेश्वरदेखि मैदान स्टेशनसम्म मेट्रो सञ्चालन जारी रहनेछ। दक्षिणेश्वरबाट पहिलो मेट्रो बिहान 9 बजे प्रस्थान गर्नेछ भने मैदानदेखि दक्षिणेश्वरसम्मको पहिलो मेट्रो बिहान 9ः15 बजे उपलब्ध हुनेछ। अन्तिम मेट्रो आफ्नो निर्धारित समयमा चल्नेछ।
मेट्रो व्यवस्थापन अनुसार यी आइतवारहरूमा यल्लो र ग्रीन लाइनमा सेवा सामान्य रहनेछ। पर्पल र अरेञ्ज लाइनमा आइतवार मेट्रो सेवा उपलब्ध हुने छैन।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा