
कटनी, 13 नोभेम्बर (हि.स.)। मध्य प्रदेशको कटनी जिल्लामा गए शुक्रवा अबेर साँझ फेरि अर्को ठूलो लापरवाही भएको प्रकाशमा आएको छ। यहाँ बहोरीबन्द पुलिसको अभिरक्षामा जिल्ला जेल कटनीमा ल्याइएका तीन जना अभियुक्तहरूले जेलको मुख्य द्वार अगाड़ि पुलिसलाई छक्याएर तथापि पुलिसले एकजना अभियुक्तलाई पुनः पक्राउ गरेको छ भने अन्य दुई जना अझै भागेको बताइएको छ।
सूचना अनुसार बहोरीबन्द थाना पुलिस गए शुक्रवार साँझ प्रतिबन्धात्मक कारबाही अन्तर्गत धारा 151-मा पक्रा परेका राकेश, रञ्जित र अभिषेकलाई जिल्ला जेल कटनीमा दर्ता गराउन गएको थियो। पुलिसको टीमले तीनै अभियुक्तलाई जेलमा राख्ने प्रक्रिया गर्दा-गर्दै अभियुक्तहरूले मौका छोपेर पुलिस अभिरक्षाबाट भाग्ने प्रयास गरे अनि जेलको मुख्य गेट अगाडिबाट भाग्न सफल भए। पुलिसलाई छक्याएर एउटै ठाउँबाट तीन जना अभियुक्त भागेका घटनाले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ।
घटनापछि बहोरीबन्द पुलिसले भगौड़ा अभियुक्तहरूको खोजीमा सम्भावित ठाउँहरूमा छापामारी गरिरहेको छ। यस अवधिमा एकजना अभियुक्तलाई पक्राउ गरियो भने दुईजना अभियुक्त अझै पनि भागिरहेकै छन्।
स्लिमानाबाद एसडीओपी आकांक्षा चतुर्वेदीले बताइन्, भगौड़ा दुवै आरोपीको खोज्नको लागि पुलिस टीमले निरन्तर प्रयास गरिरहेको छ। उनीहरूलाई चाँडै पक्राउ गरिने छ।
/ बिशाल