पुलिसले स्टेशनमा छोड़िएको बहुमूल्य सामानले भरिएको ब्याग महिलालाई सुरक्षित फिर्ता गऱ्यो
जीआरपी ने महिला को लौटाया कीमती सामान


खड़गपुर, 15 नोभेम्बर (हि.स.)। दिघा रेलवे स्टेशनमा रेलबाट ओर्लिँदा एकजना महिलाको बहुमूल्य वस्तुले भरिएको झोला रेलमै छोड़ियो। । रेलवे पुलिसले तत्परता देखाउँदै झोला बरामद गरी सम्बन्धित महिलालाई सुरक्षित फिर्ता गऱ्यो। झोलामा सुनका गहनाहरू सहित धेरै बहुमूल्य वस्तुहरू राखिएको थियो।

खड़गपुर राजकीय रेलवे पुलिस (जीआरपी)- ले शनिवार बिहान जारी गरेको प्रेस विज्ञप्ति अनुसार गत बिहीवार बिहान पिङ्की मण्डल नामक महिलाले दिघा रेलवे स्टेशनमा अप तमलुक एक्सप्रेसबाट ओर्लिँदै गर्दा गल्तीले आफ्नो खैरो रङ्गको ह्यान्डब्याग रेलमा छोडेको जानकारी प्राप्त भएको थियो। झोलामा धेरै बहुमूल्य वस्तुहरू थिए।

सूचना पाउनसाथ उलुबेरिया राजकीय रेलवे पुलिस (जीआरपीएस)- को बिहान प्लेटफर्म ड्यूटीमा रहेको पुलिस टोलीले तत्काल कारबाही गऱ्यो। पुलिसकर्मीहरूले डाउन तमलुक एक्सप्रेसमा खोजी गरे। यसै अवधि महिलाले छोड़ेको झोला रेलको डी-5 कोचबाट बरामद गरियो।

त्यसपछि पिङ्की मण्डलले उलुबेरिया जीआरपी स्टेशनमा पुगेर आफ्नो सामानको पहिचान गरिन्। आवश्यक अनुसन्धान र प्रमाणिकरणपछि पुलिसले उनीलाई झोला हस्तान्तरण गऱ्यो। झोलामा रहेका दुई वटा सुनका औँठी, एउटा सुनको चेन, एउटा एटीएम कार्ड, एउटा रेडमी मोबाइल फोन र एउटा स्मार्टवाच सुरक्षित प्राप्त भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande