
बीरभूम, 14 नोभेम्बर (हि.स.)। जिल्लाको सिउड़ीमा काली पूजाको प्रतिमा विसर्जनलाई लिएर गए शुक्रवार राती दुई वटा टोलका मानिसहरूमाझ आपस्चमा विवाद भयो विवादले हिंसात्मक मोड़ लियो। एउटा टोलका मानिसहरूले अर्को टोलका मानिसहरूको घरभित्र पसेर महिलाहरूमाथि आक्रमण गरेको आरोप लगाइएको छ। घटनामा तीन जना महिलाहरू गम्भीर रूपम घाइते भएका छन्।
जानकारी अनुसार शुक्रवार राती सिउड़ीका केही पूजा मण्डपहरूका प्रतिमाहरूको विसर्जन भइरहेको थियो। यस अवधि होसनाबाद क्षेत्रमा प्रतिमा विसर्जन जुलूसलाई लिएर निमतला र बेलतला क्षेत्रका मानिसहरूबीच भनाबैरी भयो।
त्यसपछि बेलतलाका केही मानिसहरू निमतला टोलमा आए अनि त्यहाँका बासिन्दाहरूको घरमा पसेर आक्रमण गरेको आरोप लगाइएको छ। त्यस समय घरहरूमा महिलाहरू उपस्थित थिए। उनीहरूमाथि कुटपिट गरियो। आक्रमणकारीहरूले घरमा राखिएको टिभी, फर्निचर एवं अन्य वस्तुहरूमा पनि क्षति पुऱ्याएका छन्। यस अतिरिक्त केही मोटरसाइकल, स्कुटर अनि साइकलहरू पनि तोड़फोड़ गरिएको आरोप छ।
घटनामा घाइते भएका तीन जना महिलालाई सिउरी सुपर स्पेशियालिटी अस्पतालमा भर्ना गरिएको छ। निमतला टोलका बासिन्दाहरूले यस सम्बन्धमा सिउरी पुलिस स्टेशनमा उजुरी दिएका छन्।
उजुरीको आधारमा पुलिसले अनुसन्धान शुरु गरेको छ। तनाउलाई ध्यानमा राख्दै यस क्षेत्रमा पुलिस बललाई तैनाथ गरिएको छ।
--------
/ बिशाल