काजीरङ्गामा दुर्घटनामा परी तीन दिदी-बहिनीको मृत्यु, परिवारमाथि वज्रपात भयो,  सम्पूर्ण गाउँ शोकमग्न
Image of the Kaziranga Accident.


गोलाघाट (असम), 14 नोभेम्बर (हि.स.)।असमको काजीरङ्गामा भएको भयानक सड़क दुर्घटनाले एक परिवारको खुशी सदाको लागि हरण गरेको छ। यो दुःखद दुर्घटनामा एउटै परिवारका तीन जना छोरीहरू क्रमैले ज्योति माझी, लक्ष्मी माझी र दर्पण माझीको मृत्युले परिवारमा ठूलो वज्रपात भएको छ। तीन दिदी-बहिनीहरूको असामयिक मृत्युले उनीहरूको घरमा चि्तकार र पुकार मच्चिएको छ भने परिवारका सदस्यहरूको रोएर बेहाल भएको छ।

एक समयमा तीन जना दिदी-बहिनीहरूको हाँसो र ख्याल-ठट्टाहरूले सम्पूर्ण घर प्रतिध्वनित हुन्थ्यो भने अहिले केवल विलाप र शोकले भरिएको छ। तीन छोरीहरूलाई एकैसाथ गुमाएको पीड़ा परिवारको लागि असहनीय भएको छ। यस हृदय विदारक घटनाले उनीहरूका परिवारका सदस्यहरूलाई मात्र छियाछिया नबनाएर सम्पूर्ण गाउँलाई नै गहिरो शोकमा डुबाएको छ।

मृतकाहरू क्रमैले ज्योति माझी, लक्ष्मी माझी र दर्पण माझी काजीरङ्गा नेषनल पार्क हाई स्कूलका विद्यार्थीहरू थिए। तीनै जनाको अगाडि आफ्नो सम्पूर्ण जीवन थियो। उनीहरूसँग पनि सपनाहरू थिए, भविष्यका लागि आशाहरू थिए भने परिवारले उनीहरूबाट धेरै कुरा प्राप्त गर्ने आशा थियो। तर एउटा डरलाग्दो सड़क दुर्घटनाले तीनै जनाको ज्यान लियो जसले गर्दा परिवारको सपना सदाको लागि चकनाचुर भयो।

तीन जना दिदी-बहिनीहरूको मृत्युको खबर सुनेर गाउँमा शोक छाएको छ । गाउँले र परिचितहरूको आँखा पनि ओसिलो भएको छ। एउटै परिवारका तीन छोरीहरूलाई एकैसाथ गुमाएको असहनीय दुःख उनीहरूको परिवारले कसरी सह्न सक्लान्।

आज यस पारिवारको आँगनमा तीन जना छोरीहरूको सम्झना त छ, तर उनीहरूको आवाज सदाका लागि मौन भएको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande