हर्षोल्लासको साथमा मनाइयो आदिवासी गौरव दिवस,    धामसा-मादलको तालमा नृत्य गरिन् विधायक दुर्गा मुर्मू
विधायक दुर्गा मुर्मू ढोल बजाते हुए


सिलगढ़ी, 14 नोभेम्बर (हि.स.)। बिरसा मुण्डाको जन्म जयन्तीको अवसरमा जनजातीय गौरव दिवस अन्तर्गत शनिवार सिलगढ़ी डिभीजनको खोरीबारीस्थित बिन्नाबारी क्षेत्रमा विशेष कार्यक्रम आयोजना गरियो।

कार्यक्रममा आदिवासी समुदायको परम्परागत संस्कृति एवं धरोहरको झलक देखियो। धामसा-मडलका तालहरू आयोजित समारोहमा ठूलो सङ्ख्यामा मानिसहरू सामेल भए। समारोहको उद्घाटन फाँसीदेवाबाट भाजपाकी विधायक दुर्गा मुर्मूले गरिन्। समारोहमा सिलगढ़ी नगर परिषद्का पञ्चायत काउन्सिल चेयरम्यान अजय उराँव, खोरीबारीकी बीडीओ दीप्ति साउ सहित केही गण्यमान्य व्यक्तित्व र सामाजिक कार्यकर्ताहरू उपस्थित थिए।

विधायक दुर्गा मुर्मू धामसा-मडलको तालमा नाँच्दै र ढोल बजाउँदै कार्यक्रम स्थलमा पुगिन्। त्यसपछि उनले भगवान बिर्सा मुण्डाको चित्रमा पुष्पाञ्जली अर्पण गरी दीप प्रज्जवलन गरी औपचारिक रूपमा कार्यक्रमको उद्घाटन गरिन्।

यस अवसरमा विधायक दुर्गा मुर्मूले भनिन्, पछिल्लो सरकारको कार्यकालमा आदिवासी समुदायले आफ्नो अधिकार एवं सम्मान पाउन पाउन सकेनन्। उनले जग्गा कब्जा जस्ता समस्याहरूको पनि उल्लेख गरिन्।

प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको केन्द्र सरकारको पहललाई उल्लेख गर्दै उनले भनिन्, भगवान बिरसा मुण्डाको जन्मजयन्तीलाई राष्ट्रिय स्तरमा जनजातीय गौरव दिवसको रूपमा मनाउनु भनेको आदिवासीसमाजको सम्मानसित सम्बन्धित एउटा महत्त्वपूर्ण कदम हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande