
सिरसा, 14 नोभेम्बर (हि.स.)। पुलिसले जिल्ला क्षेत्रबाट दुई जना नशा तस्करहरूलाई पक्राउ गरी लाखौँ रुपियाँको हेरोइन जफत गरेको छ। पुलिस अनुसार पक्रा परेका तस्करहरूलाई सिरसाका बासिन्दा प्रवेश र मनमोहन सिंहको रूपमा पहिचान गरिएको छ। शनिवार पुलिस प्रवक्ताले बताए, पुलिसको टीम गस्ती तथा जाँचको क्रममा कालाँवाली शहरमा थियो। यसै अवधि कालाँवालीको बस स्ट्याण्डदेखि मोटरसाइकल सवार बाहिर आए जो पुलिसलाई देखेर फेरि बस स्ट्याण्ड तिरै फर्किए। पुलिसले उसलाई शङ्का लागेर समात्यो र उसको कब्जाबाट लाखौँ रुपियाँको हेरोइन बरामद गऱ्यो।
पुलिसको सोधपुछमा अभियुक्तको पहिचान प्रवेशको रूपमा भएको छ। यसबाहेक पुलिसले गाउँ डबवाली क्षेत्रमा नौ ग्राम हेरोइन सहित मनमोहन सिंहलाई पक्राउ गरेको छ। मनमोहन सिंहले लागूऔषध बेचबिखन गरिरहेको सूचना पुलिसलाई सुराकीहरूबाट प्राप्त भएको थियो। घटनास्थलमा छापामारी गरेर पुलिसले अभियुक्त मनमोहन सिंहलाई नौ ग्राम हेरोइन सहित पक्राउ गऱ्यो। अभियुक्तविरुद्ध स्थानीय पुलिस स्टेशनमा मुद्दा दर्ता गरिएको गरी अनुसन्धान शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा