



मोरीगाउँ (असम), १५ नोभेम्बर (हि.स.)। मोरीगाउँ जिल्लाको जागीरोड थाना क्षेत्र अन्तर्गत स्थानीय बासिन्दाहरूको सहयोगमा पुलिसले अभियान सञ्चालन गरी अवैध रूपमा गाईवस्तु ओसारपसार गरिरहेका दुई वटा ट्रक जफत गरेको छ।
पुलिसले आइतवार दिएको जानकारी अनुसार, थाना क्षेत्रको नेली इलाकामा स्थानीय बासिन्दाहरूको सहयोगमा सञ्चालन गरिएको अभियानका क्रममा एउटा ट्रकबाट ३२ वटा गाई र अर्को ट्रकबाट २२ वटा भैँसी जफत गरिएको छ।
सबै गाईवस्तुलाई नगाउँबाट गुवाहाटीतर्फ ल्याइँदै थियो। पशु तस्करहरूले ती गाईवस्तुलाई मेघालयको पशु बजारमा बिक्री गर्न लैजाँदै थिए। यस सम्बन्धमा पुलिसले प्राथमिकी दर्ता गरी घटनाको अनुसन्धान गरिरहेको छ। उल्लेखनीय छ, राज्यमा कड़ा पशु कानून लागू भए पनि गाईवस्तुको अवैध तस्करी जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी