
गुवाहाटी, 15 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले आइतवार छठ पूजाको शुभ अवसरमा राज्यवासीहरूलाई हार्दिक शुभकामना दिए।
मुख्यमन्त्रीले सामाजिक सञ्जालमा सन्देश जारी गरी भगवान सूर्यको पूजासँग सम्बन्धित पवित्र मन्त्रको उल्लेख गर्दै । छठ पूजालाई लोक आस्था, प्रकृतिप्रति कृतज्ञता एवं अटुट श्रद्धाको महान पर्व बताउँदै उनले भने, यो पवित्र पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य लिएर आओस्।
डा. सरमाले भगवान सूर्य एवं छठी मैयासित सबैको कल्याण र मङ्गलमय जीवनका लागि प्रार्थना गरे। उनले अ्समका मानिसहरूलाई छठ पूजाको हार्दिक बधाई दिँदै आफ्नो सन्देशको समापन 'जय छठी मैया'-को उद्घोषसितै गरे।
/ बिशाल