बाइक दुर्घटनामा एकजनाको मृत्यु, चार जना घाइते
सांकेतिक फाेटाे


औरैया, 15 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको औरैया जिल्लामा दिबियापुर पुलिस थाना अन्तर्गत रणजीतपुर गाउँ नजिकै गए शनिवार राति दुई वटा बाइकको भिड़न्त भयो। यस घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य चार जना मानिसहरू घाइते भएका छन्। दुर्घटना हुँदा दुवै बाइकमा कुल पाँच जना मानिसहरू सवार थिए।

भुनियापुरका बासिन्दा मिन्टुल कुमार (27) आफ्नी आमा गुडिया देवी (50) र अर्का एकजना महिला सहित काञ्चौसीमा भएको विवाह समारोहमा सहभागी हुन आएका थिए। तीनैजना दिउँसो करिब 1 बजे समारोहबाट बाइकमा घर फर्किरहेका थिए। यसै क्रममा रणजितपुर गाउँ नजिकै लाहरापुर तर्फ अगाडिबाट आउँदै गरेको अर्को बाइकसँग उनीहरूको बाइक ठोक्कियो। दुर्घटनामा दुवै बाइकमा सवार चार जना मानिसहरू घाइते भए भने रसूलाबादका बासिन्दा दीपु (34)- को गम्भीर चोटको कारणले मृत्यु भयो। सूचना पाउनसाथ पुलिस र फायर ब्रिगेड घटनास्थलमा पुगे। घाइतेहरूलाई उपचारका लागि सीएचसी दिबियापुर लगियो जहाँ दीपुको उपचारको क्रममा मृत्यु भयो।

औपचारिकता पूरा गरेपछि शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको चौकी प्रभारी सौरभ सिंहले बताए।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande