
यो दुर्घटना अछल्दामा 13 बी क्रसिङ्ग नजिकै भएको हो, करिब पाँच मिनटपछि प्रस्थानभयो शताब्दी
औरैया, 15 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशमा औरैया जिल्लाको अछल्दा शहरमा गए शनिवार अबेर साँझ 12034 शताब्दी एक्सप्रेसको अगाडि रेलवे ट्रयाकमा एकजना युवाले आफ्नो टाउको राखे। रेलको चपेटमा परेर उनको घटनास्थलमै मृत्यु भयो। घटना 13 बी क्रसिङ्गको पिल्लर नम्बर- 1116/22-24 13 -को बीचमा भएको हो। उक्त युवकको उमेर करिब 40 वर्ष रहेको बताइएको छ।
युवक ट्रेनको चपेटमा परेपछि लोको पाइलटले आपतकालीन ब्रेक लगाएर ट्रेनलाई इनायतपुर गाउँको छेउमा रोके अनि स्टेशन मास्टरलाई जानकारी दिए। ट्रेनको जाँच गरेपछि करिब पाँच मिनटमा ट्रेन त्यहाँबाट प्रस्थान भयो।
अर्कातिर कानपुर जाने राजधानी एक्सप्रेसलाई डाउन ट्र्याकमा शव रहेको कारणले मध्यरातमा क्रसिङ्गमा रोक्नु पऱ्यो। घटनास्थलमा पुगेका ग्याङ्गम्यान तथा आरपीएफ कन्स्टेबलले ट्रयाकबाट शवलाई निकालेर बाटो खाली गराए। त्यसपछि राजधानी एक्सप्रेसलाई हरियो झण्डी देखाइयो।
सूचना पाउनसाथ जीआरपीका कर्मचारीहरू घटनास्थलमा पुगे अनि घटनाको अनुसन्धान शुरु गरे। मृतकले सेतो रङ्गको चेक सर्ट र नीलो रङ्गको लोअस लगाएका थिए। जाँच अवधि लोअरको खल्तीबाट 125 रुपियाँ फेला पऱ्यो। जीआरपी प्रभारी रामप्रताप सिंहले शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको बताए। मृतकको पहिचान खुलाउने प्रयास भइरहेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा