हैदराबादको कार्यक्रममा विदेशी नेताको टिप्पणीमाथि भाजपाद्वारा विरोध प्रकट, राहुल गान्धीमाथि  लगायो गम्भीर आरोप
বিজেপিৰ ল'গ'


गुवाहाटी, 15 नोभेम्बर (हि.स.)। तेलङ्गानाको हैदराबादमा आयोजित कङ्ग्रेसको समिट कार्यक्रममा इटालियन नेता जियाकोमो फिलिबेले भारतीय निर्वाचन प्रणालीको सन्दर्भमा गरेका टिप्पणी र नाराबाजीप्रति असम राज्य भाजपाले कड़ा आपत्ति जनाएको छ। उनीहरूले यस मुद्दामा राहुल गान्धीलाई घेर्दै यसलाई अराजकता फैलाउने प्रयास बताए।

भाजपाका प्रवक्ता प्राञ्जल कालिताले एक बयान मार्फत आरोप लगाउँदै भने, तेलङ्गानाको कङ्ग्रेस सरकारले भारतको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्नको लागि राष्ट्रविरोधी विदेशी नेताहरूलाई मञ्च प्रदान गरेको छ। आफ्नो राजनीतिक करियरमा सयौँ चुनाउ हारिसकेका कङ्ग्रेस नेता राहुल गान्धीले भारतका जनताको समर्थन प्राप्त गर्न नसकेर अत्यन्त निराश भएका छन्। राहुल गान्धीको कङ्ग्रेस पार्टी विदेशी शक्तिहरूको हातको कठपुतली बनेको छ। राहुलले अब भारत विरोधी विदेशी शक्तिहरूसँग हात मिलाएको देखिन्छ।

कङ्ग्रेसलाई आक्रमण गर्दै भाजपाका प्रवक्ताले भने, भारत विरोधी जर्ज सोरोसको समर्थनमा कङ्ग्रेस पार्टीको शासनकालमा धेरैवटा आरोपहरू लगाइरह्यो। । कलिताले भने, कार्यक्रममा यस्ता मानिसहरू सामेल थिए जसको सम्बन्ध जर्ज सोरोस नेटवर्कसँग रहेको छ जसको भारत विरोधी बयान दिने लामो रेकर्ड रहेको छ।

उनले आरोप लगाए, हैदराबादको कार्यक्रममा विदेशी प्रतिनिधि र यससँग सम्बन्धित व्यक्तिहरूको उपस्थितिमा राहुल गान्धीले भाग लिएर भारतीय लोकतन्त्रको अपमान गरेका छन्। जियाकोमो फिलिबेकलाई भारतको स्वस्थ लोकतन्त्र एवं निष्पक्ष निर्वाचन प्रणालीमा टिप्पणी गर्ने कुनै अधिकार छैन।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande