बल्लियामा अनियन्त्रित कार रूखमा ठोक्कियो, चार जना साथीहरूको मृत्यु
दुर्घटनाग्रस्त कार


बलिया, 15 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको बलिया जिल्लामा नगरा थाना अन्तर्गत नेछुआडीह निकट गए शनिवार राती एउटा अनियन्त्रित कार रूखमा ठोक्कियो। दुर्घटनामा कारमा सवार आईआईएमका सहायक प्रबन्धक र एकजना निजी शिक्षक सहित चार जना साथीहरूको मृत्यु भयो। सूचना पाए लगत्तै स्थानीयहरूसँगै पुलिस घटनास्थलमा पुग्यो भनि कारको ढोका भत्काएर सबै मानिसहरूलाई बाहिर निकाल्यो।

आइतवार बिहान घटनाबारे जानकारी गरााउँदै एसपी ई राजाले भने, नोभेम्बर 14- को राती करिब 9ः30 बजे गोलु ठाकुर (21), कुणाल पासवान (24), धनञ्जय पटेल (26) (सबै गौपर, थाना नगर, बलिया निवासी) र अभिषेक पटेल (27), जमुवा निवासी भोक्स वैगन कारमा बलिया नगर बजारबाट फर्किरहेका थिए। उनीहरूको कार नगर-बेल्थार रोडको निछुआडीह नजिकै पुगेपछि रूखमा ठोक्कियो। ठक्कर तीव्र भएको कारणले वरपरका मानिसहरूले विस्फोट भए जस्तो महसूस गरे अनि घटनास्थलमा पुगे। सबैलाई कारबाट बाहिर निकालेर सीएचसी नगरा लगियो जहाँ डाक्टरहरूले अभिषेक र कुणाललाई मृत घोषित गरिदिए।

गम्भीर रूपमा घाइते गोलु र धनञ्जयलाई माउमा रेफर गरिएको थियो जहाँ दुवैको उपचारको क्रममा मृत्यु भयो। मृतकहरूमध्ये अभिषेकले आईआईएम उत्तराखण्डमा सहायक प्रबन्धकको रूपमा नियुक्त पाएका थिए। केही महिनाअघि मात्रै उनको विवाह भएको थियो। कुणालले आईटीआईको अध्ययन पुरा गरेपछि नोकरीको तयारी गरिरहेका थिए। निजी शिक्षकका रूपमा काम गर्दै-गर्दा धनञ्जयले सरकारी शिक्षक भर्तीको तयारी गरिरहेका थिए। गोलु ठाकुर पनि नोकरीको खोजीमा थिए। पुलिसले शवहरूलाई पोस्टमर्टम गर्नको लागि पठाएर मामिलाको अनुसन्धानमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande