बारामुलाको एउटा बगैचामा पाइपलाइनको काम गर्दा तीन वटा जीवित ग्रेनेड फेला पऱ्यो
बारामुलाको एउटा बगैचामा पाइपलाइनको काम गर्दा तीन वटा जीवित ग्रेनेड फेला पऱ्यो


बारामुला, 15 नोभेम्बर (हि.स.)। उत्तरी कश्मीरको बारामुला जिल्लास्थित दुरहामा क्षेत्रमा रहेको एउटा बगैचाबाट आइतवार तीन वटा जीवित ह्याण्ड ग्रेनेडहरू बरामद गरिएको छ। पानीको पाइपलाइन बदल्ने कामको क्रममा यी ग्रेनेडहरू फेला परे।

एकजना अधिकारीले बताए, पानीको पाइपलाइन बदल्नका लागि जेसीबिी मशिनले खनन गर्दा पोलिथिनको झोलामा लपेटिएका ग्रेनेडहरू भेटियो।

स्थानीय बगैँचाबाट ग्रेनेडहरू बरामद गरिएको उनले बताए। बारामुलाको बम डिस्पोजल स्क्वाडलाई आवश्यक कारबाहीको लागि घटनास्थलमा बोलाइएको अधिकारीले बताए। यसबीच घटनाको संज्ञान लिइएको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande