
गुवाहाटी, 15 नोभेम्बर (हि.स.)। सीमा शुल्क विभागले गुवाहाटी रेलवे स्टेशनम ठूलो कारबाही गर्दै प्रचुर मात्रामा बर्मेली सुपारी जफत गरेको छ। गए रातो हमसफर एक्सप्रेसको एउटा कोचबाट उक्त सुपारीलाई बरामद गरिएको हो।
आज प्राप्त जानकारी अनुसार सीमा शुल्क विभागका अधिकारीहरूले रेलमा अभियान सञ्चालन गरी सुपारीको खेपलाई जफत गरे। सुपारीलाई रेलको सामान ढुवानी गर्ने एउटा कोचमा राखिएको बताइएको छ।
तथापि जफत गरिएको सुपारीको मोठ मात्रा र यस मामिलामा कसैलाई पनि पक्राउ गरिएको बारेमा हाल विवरण थाहा हुन सकेको छैन। विभागबाट विवरण आउने प्रतिक्षा गरिएको छ। यस कारबाहीमा आरपीएफ र जीआरपीले पनि पूर्ण सहयोग गरेको विभागले जानकारी दिएको छ।
--------
/ बिशाल