चेरी महोत्सवले तिमी क्षेत्रको पर्यटन सम्भावनालाई सुन्दर ढङ्गले उजागर गरेको छ: बिकास बस्नेत
चेरी महोत्सव


गान्तोक, 15 नोभेम्बर (हि.स.)। तिमी चिया बगानको मनोरम प्राकृतिक परिवेशमा तिमी तार्कु पर्यटन विकास समितिको तत्वावधानमा आयोजित चेरी महोत्सव २०२६ मा आज मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी बने। महोत्सवले मनमोहक चेरी फूलहरूको सौन्दर्य, प्राकृतिक सम्पदा, समृद्ध सांस्कृतिक विरासत तथा तिमी क्षेत्रको पर्यटन सम्भावनालाई सुन्दर ढङ्गले उजागर गरेको प्रमुख अतिथि बस्नेतले मन्तव्य व्यक्त गरे।

उनले यस्ता रचनात्मक पहलले सिक्किमलाई आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुर्‍याउनुका साथै स्थानीय कलाकार, उद्यमी तथा समुदायलाई आफ्नो प्रतिभा, सीप र सिर्जनशीलता प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने धारणा व्यक्त गरे। महोत्सवको आयोजना तथा न्यानो आतिथ्य सत्कारका लागि तिमी तार्कु पर्यटन विकास समितिप्रति हार्दिक आभार व्यक्त गर्दै उनले कार्यक्रमको सफलताको कामना गरे। साथै आगामी वर्षहरूमा पनि महोत्सवले निरन्तरता पाउँदै अझ व्यापकता र उँचाइ हासिल गरोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande