



गुवाहाटी, 15 नोभेम्बर (हि.स.)। प्रत्येक वर्ष जस्तै यस वर्ष पनि असम-मेघालय सीमामा रहेको जोराबाटस्थित श्री श्री भद्रकलेश्वरी मन्दिर परिसरमा श्री श्री जोराबट छठ सेवा समितिको तत्वावधानमा चार दिवसीय महापर्व छठ पूजाको भव्य उत्सव आयोजना गरियो।
पहिलो दिन भक्तहरूले पवित्र स्नान गरी सात्त्विक खाना (लौका-भात) ग्रहण गरी व्रत शुरु गरे। दोस्रो दिन एक दिनको निर्जला व्रतपछि भक्तहरूले साँझमा खीर र रोटी चढ़ाएर 36 घण्टाको कठिन निर्जला व्रत शुरु गरे।
यसै क्रमम आज तेस्रो दिन सन्ध्या अर्घ्य दिइयो। आज साँझ जोराबाटको श्री श्री भद्रकलेश्वरी मन्दिरको घाटमा ठूलो सङ्ख्यामा भक्तहरू भेला भएर पानीमा अस्ताचलगामी सूर्य देवतालाई अर्घ्य दिए। ज्ञात रहोस्, भोलि अर्थात सोमवार महापर्वको समापन उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेर छठी मैयाको पूजा-अर्चना गरेपछि हुनेछ।
घाटहरूमा हजारौंको सङ्ख्यामा श्रद्धालुहरू छठ पूजाको उत्सव हेर्न भेला भएका छन्। छठ समितिका अध्यक्ष राजेन्द्र राय, महासचिव परमेश्वर पुरी तथा सचिव सागर शर्मा मन्दिर परिसरमा उपस्थित भएर महापर्वको सुचारु सञ्चालनमा पूर्ण सहयोग गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा