कङ्ग्रेसले आदिवासी समाजलाई भोट ब्याङ्कको रूपमा मात्र प्रयोग गऱ्योः मुख्यमन्त्री साय
मुख्यमंत्री साय


रायपुर, 15 नोभेम्बर (हि.स.)। जनजातीय गौरव दिवसमा मुख्यमन्त्री सायले कङ्ग्रेसमाथि प्रत्याक्रमण गर्दै भने, स्वतन्त्रताको 79 वर्षमध्ये अधिकांश समय केन्द्र र राज्यमा कङ्ग्रेसको सरकार थियो। उसले सदैव आदिवासी समाजलाई भोट ब्याङ्कको रूपमा प्रयोग गर्दै आएको छ।

रायगढ़ तर्फ प्रस्थान गर्नअघि मुख्यमन्त्री सायले आइतवार रायपुर विमानस्थलमा मिडियासँग कुराकानी गर्दै भने, भारतीय जनता पार्टीले वास्तवमै जनजातीय समाजको समुचित विकासको लागि चिन्तन गरेको छ। पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीले आदिवासी जनजातीय कार्य मन्त्रालय गठन गरेका थिए। जनजातीय समाजको विकासको लागि धरती आबा जनजातीय ग्राम उत्कर्ष अभियान शुरु गरिएको छ जसमा राज्यका 6,691 वटा गाउँहरू समावेश रहेका छन्। उनले भने, प्रधानमन्त्री मोदीले विशेष गरी पछौटे जनजातीहरूका लागि पीएम जनमन योजना शुरु गरेका छन्। छत्तीसगढ़मा यस्ता पाँच जातिहरू छन् जसको जनसङ्ख्या 320,000 मात्र छ।

मुख्यमन्त्रीले भने, कङ्ग्रेसले उनीहरूको निवासमा गएर हेरोस्, आदिवासी समाजको लागि कस्तो राम्रो काम भइरहेको छ। उनीहरूको घर निर्माण भइरहेको छ, सौर्य ऊर्जाबाट बिजुली उत्पादन भइरहेको छ, उनीहरूको घरमा पानीको व्यवस्था भइरहेको छ अनि राशन कार्ड बनाइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande