बारामुलाको जामा मस्जिदमा आगलागी, केही घाइते भएको आशङ्का
बारामुलाको जामा मस्जिदमा आगलागी, केही घाइते भएको आशङ्का


बारामुला, 15 नोभेम्बर (हि.स.)। उत्तरी कश्मीरको बारामुला जिल्लामा पट्टनको हमराय क्षेत्रस्थित जामा मस्जिदमा आइतवार आगलागी भयो। आगोले मस्जिदलाई आंशिक क्षति पुऱ्याएको छ भने घटनामा केही स्थानीय बासिन्दाहरू घाइते भएको आशङ्का गरिएको छ।

आगलागीले मस्जिदमा केही क्षति पुऱ्याएको एकजना अधिकारीले बताए। दमकल अनि आपतकालीन सेवाले आगोलाई नियन्त्रण गऱ्यो जसबाट यसलाई फैलिनदेखि रोकियो।

उनले बताए, घटनामा केही स्थानीयहरू घाइते भएका छन् र उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। घाइतेहरूको पहिचान तथा तिनीहरूको सही सङ्ख्या अझै थाहा हुन सकेको छैन। आगलागीको कारण पत्तो लगाउन अनुसन्धान भइरहेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande