
मोरीगाउँ (असम), १५ नोभेम्बर (हि.स.)। मोरीगाउँ जिल्लाको जागीरोड थाना अन्तर्गत मनहाबाट पुलिसले एक सवारी चालकको शव फेला पारेको छ।
पुलिसले आइतवार दिएको जानकारी अनुसार, मनहा क्षेत्रमा एउटा स्विफ्ट कारभित्र एक व्यक्ति अचेत अवस्थामा रहेको सूचना प्राप्त हुनासाथ पुलिस टोली घटनास्थल पुगेको थियो। पुलिसले कारभित्रबाट मोरीगाउँको दलवाडी निवासी अशरफुल इस्लामको शव फेला पारेको छ।
अशरफुललाई बूढ़ाबूढ़ी क्षेत्रबाट केही व्यक्तिले गुवाहाटी लगेका थिए। गुवाहाटीबाट फर्किने क्रममा कारमा सवार एक व्यक्तिप्रति अशरफुललाई शंका लागेको थियो। त्यसपछि उनले कारमा सवार एक व्यक्तिको फोन नम्बर र तस्बिर आफ्नी पत्नीलाई पठाएका थिए। त्यसयता अशरफुलको फोन बन्द थियो।
आज उनको शव फेला परेको हो। अशरफुलका परिवारका सदस्यहरूले यसलाई सुनियोजित षड्यन्त्र अन्तर्गत गरिएको हत्याको घटना बताएका छन्। पुलिसले शवलाई पोस्टमार्टमका लागि मोरीगाउँ सदर अस्पताल पठाएको छ। यस सम्बन्धमा पुलिसले प्राथमिकी दर्ता गरी घटनाको अनुसन्धान गरिरहेको छ।
/ बिशाल