
गुवाहाटी, 15 नोभेम्बर (हि.स.)। असमको बजाली जिल्ला अधिनस्थ पाठशालास्थित यूनियन ब्याङ्क अफ इण्डियाको एउटा एटीएमबाट कथित रूपमा 500 रुपियाँको नक्कली नोट निक्लेको मामिला प्रकाशमा आएको छ।
प्राप्त जानकारी अनुसार पाठशालाको कुकुा बाटाबारीका बासिन्दा अतुल पाटगिरीले यूनियन ब्याङ्कको एटीएमबाट पैसा निकालेका थिए। यस अवधि उनले 500 रुपियाँको नक्कली नोट फेला पारे। नोटलाई देखेपछि उनले यस विषयप्रति चिन्ता व्यक्त गरे।
अतुल पाटगिरीले घटनाको उचित अनुसन्धान गर्न माग गरेका छन्। एटीएमबाट नक्कली नोट निस्किएको आरोपले ब्याङ्कको नगद जाँच प्रणालीमाथि पनि प्रश्न खडा गरेको छ। अहिलेसम्म यस विषयमा ब्याङ्क अधिकारीहरूबाट कुनै आधिकारिक प्रतिक्रिया वा पुलिसमा उजुरी दर्ता भएको जानकरी सामु आएको छैन।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा