नगाउँ-कार्बी आङ्गलोङ्ग सीमामा मनाइयो गज उत्सव, हात्तीको लागि 200 बिघा जमीनमा धान खेती
File photo of the Gaj Utsav.


गुवाहाटी, 15 नोभेम्बर (हि.स.)। असमको नगाउँ-कार्बी आङ्गलोङ्ग सीमामा अवस्थित हाथीखली-रोङ्गहाङ्ग गाउँमा 'गज उत्सव' आयोजना भइरहेको छ। यस अवसरमा मानिस र हात्तीबीचको सह-अस्तित्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले गरिएका प्रयासहरूलाई रेखाङ्कित गरिएको छ।

यस पहल अन्तर्गत हस्तिदण्डीम करिब 200 बिघा जमीनमा विशेष रूपमा हात्तीहरूका लागि धान खेती गरिएको छ। किसानहरूको बालीलाई हात्तीबाट जोगाउने तथा मानव-हात्ती द्वन्द्व कम गर्ने उद्देश्यले 'हातीबन्धु' संस्थाले यो अनौठो पहल गरेको हो।

सङ्गठनको उद्देश्य हात्तीहरूलाई उनीहरूको प्राकृतिक बासस्थान वरपर पर्याप्त भोजन उपलब्ध गराउनु हो ताकि तिनीहरू भोजनको खोजीमा किसानहरूको खेतमा प्रवेश नगरोस् अनि बालीहरूलाई क्षति नपुगोस्।

यस पहलको लागि संस्थालाई असम सरकारले प्रतिष्ठित 'असम गौरव' पुरस्कारले सम्मानित गरेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफ्नो मासिक रेडियो कार्यक्रम 'मन की बात' मार्फत संस्थाको प्रयासको प्रशंसा गरेका थिए।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande