राज्यपालले छठ पर्वमा राज्यवासीलाई शुभकामना दिए
Dushyant Kumar Gautam


गान्तोक, 15 नोभेम्बर (हि.स.)। सिक्किमका राज्यपाल दुष्यन्त गौतमले महापर्व छठको पावन अवसरमा राज्यवासीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

आफ्नो शुभकामना सन्देशमा राज्यपालले भनेका छन्, “पवित्रता, अटुट आस्था तथा भगवान् सूर्यको उपासनाको महापर्व छठ पूजाको पावन अवसरमा म सम्पूर्ण सिक्किमवासीहरूमा हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दछु। यस पर्वले भक्ति, शुद्धता तथा प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने सन्देश दिन्छ। उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने हाम्रो यस परम्पराले जीवनमा समभाव, सकारात्मक ऊर्जा तथा सामाजिक सद्भावको सञ्चार गर्दछ।

राज्यपालले छठी मातासँगै भगवान् भास्करसँग सम्पूर्ण व्रतालुहरूको साधना सफल बनाऊन् तथा प्रत्येक परिवारको जीवन उत्तम स्वास्थ्य र निरन्तर समृद्धिको प्रकाशले परिपूर्ण बनाइराखून् भनी प्रार्थना गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande