
गान्तोक, 15 नोभेम्बर (हि.स.)। सिक्किमका राज्यपाल दुष्यन्त गौतम तथा प्रथम महिला लक्ष्मी गौतमले बाल दिवसको अवसरमा आज लोकभवन परिसरमा लोकभवन परिवारका अधिकारी एवं कर्मचारीहरूका बालबालिकासँग भेटघाट गरी बाल दिवसको खुशी साटासाट गरे।
यस अवसरमा राज्यपाल र प्रथम महिलाले बालबालिकासँग उनीहरूको पढाई तथा रुचिका विषयमा कुराकानी गरे। कार्यक्रमका क्रममा उनीहरूले सबै बालबालिकालाई मिठाईका साथै अध्ययनमा उपयोगी सामग्री उपहारस्वरूप प्रदान गरे। उपहार पाएपछि बालबालिकाहरूको अनुहारमा खुशी झल्किएको लोक भवनले विज्ञप्तिमा उल्लेख गरेको छ।
यसै क्रममा उनीहरूले लोकभवन परिवारका अभिभावकहरूसँग पनि संवाद गरे। कार्यक्रमको अन्त्यमा राज्यपाल र प्रथम महिलाले सबै बालबालिकाको सुस्वास्थ्य, सुखद जीवन तथा उज्ज्वल भविष्यको कामना गर्दै आशीर्वाद दिए।
---------------
हिन्दुस्थान समाचार / बिशाल