बङ्गालको खाड़ीमा गहिरिँदै गइरहेको छ निम्न दबाव,  चक्रवाती आँधी आउने सम्भावना
मौसम


कोलकाता, 15 नोभेम्बर (हि.स.)। बङ्गालको खाड़ीदेखि माथि विकसित भइरहेको निम्न चाप क्षेत्र अझ गहिरो हुँदै नयाँ चक्रवाती आँधीको रूप लिन गइरहेको छ। यसले कोलकाता सहित सम्पूर्ण दक्षिण बङ्गालमा प्रत्यक्ष प्रभाव पार्ने सम्भावना छ।

अलिपुर मौसम विभाग अनुसार चक्रवाती परिस्थितिको कारणले आगामी सप्ताह दक्षिण बङ्गालका केही भागहरूमा छिटपुट वर्षा तथा तीव्र हुरी आउने सम्भावना छ। यसको साथै राज्यभरिकै तापमान घट्ने अनुमान पनि गरिएको छ।

मौसम विभागले जानकारी दिएको छ, दक्षिण-पूर्वी बङ्गालको खाड़ीमा बनेको निम्न चाप क्षेत्र गए शनिवारसम्ममा अझ तीव्र भएको छ। योसित सम्बन्धित चक्रोवाती तूफान समुद्रको सतहदेखि 5.8 किलोमीटरको उचााईँमा अवस्थित छ। आइतवार यो न्यून चाप क्षेत्र गहिरो डिप्रेसनमा परिणत हुनेछ। उत्तर-उत्तर-पश्चिम तर्फ अघि बढ्दै, यो सोमलार साँझसम्म मध्य बङ्गालको खाड़ीमा पूर्ण चक्रवाती आँधीमा परिणत हुने सम्भावना छ। हाल यसको दिशा उत्तर-पश्चिम तर्फ छ। अलिपुर मौसम विभागले निरन्तर अवस्थाको निगरानी गरिरहेको छ। तथापि आँधी विकसित भएपछि यसको दिशा के हुने हो र यो तटमा कहाँ ठोक्किछ, अहिलेसम्म मौसम विभागले कुनै स्पष्ट पूर्वानुमान जारी गरेको छैन।

मौसम विशेषज्ञहरू अनुसार यस सम्भावित चक्रवाती आँधीले उत्तर बङ्गालमा धेरै असर पार्दैन, तर यसको व्यापक प्रभाव दक्षिण बङ्गालका केही जिल्लाहरूमा देखिने छ। कोलकाता सहित दक्षिण बङ्गालका धेरै वटा जिल्लाहरूमा अर्को हप्ता बिहीवार र शुक्रवार आँधीबेहरीसँगै हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यसअघि बुधवार दक्षिण 24 परगना, पूर्व र पश्चिम मेदिनीपुर जस्ता तटीय जिल्लाहरूमा पनि वर्षा हुन सक्छ। परिस्थितिलाई ध्यानमा राख्दै कोलकाता, हावडा, उत्तर एवं दक्षिण 24 परगना, पूर्व एवं पश्चिम मेदिनीपुर तथा झाड़ग्राममा आगामी बिहीवारदेखि चल्लो चेताउनी जारी गरिएको छ। यी सबै जिल्लाहरूमा 30 देखि 40 किलोमीटर प्रतिघण्टासम्मको गतिले आँधीबेहरीसँगै वर्षा हुने अनुमान गरिएको छ। आँधीको प्रभाव समाप्त भएपछि दक्षिण बङ्गालमा फेरि सुख्खा मौसम फर्कनेछ।

तापमानको कुरा गर्नु हो भने उत्तर बङ्गालमा मौसम मुख्यतया सुख्खा रहनेछ। आगामी दुई दिनमा न्यूनतम तापमान दुई डिग्री घट्ने सम्भावना छ जसपश्चात चार दिनसम्म पारामा कुनै उल्लेखनीय परिवर्तन हुने छैन। यता दक्षिण बङ्गाल र विशेष गरी कोलकाता अनि यस छेउछाउका जिल्लाहरूमा राती तापक्रम दुई देखि तीन डिग्रीले घट्न सक्छ। कोलकाताको न्यूनतम तापक्रम शनिवार बिहान 21.9 डिग्री सेल्सियस रेकर्ड गरिएको थियो जुन सामान्य भन्दा 1.6 डिग्री अधिक हो।

/ बिशाल


 rajesh pande