चाड़पर्वहरूमा अतिरिक्त रेल सेवाहरूको साथमा पूसीरेले बढ़ायो सुविधाहरू
भारतीय ट्रेन


गुवाहाटी, 15 नोभेम्बर (हि.स.)। चाड़पर्वको समयमा यात्रुहरूको अतिरिक्त भीड़लाई ध्यानमा राख्दै उत्तरपूर्वी फ्रन्टियर रेलवे (एनएफआर)- ले स्टेशनहरूमा यात्रु सुविधाहरू तथा रेल सेवाहरूलाई अझ सुदृढ़ पारेको छ। प्लेटफर्ममा यात्रुहरूलाई उचित मार्गदर्शन प्रदान गर्न तथा उनीहरूलाई सुरक्षित रूपमा रेल चढ्न र ओर्लनमा सहयोग गर्न वाणिज्य विभागका कर्मचारी एवं रेलवे सुरक्षा बलका कर्मचारीहरूलई विभिन्न स्टेशनहरूमा तैनाथ गरिएको छ। यस अतिरिक्त यात्रुहरूको सहज आवागमन सुनिश्चित गर्न अनि पर्खाइको समयमा उनीहरूलाई राम्रो सुविधा प्रदान गर्न प्रमुख स्टेशनहरूमा पिउने पानी, स्वच्छ यात्रु क्षेत्र औ विशेष होल्डिङ्ग एरियाको व्यवस्था गरिएको छ।

पूसीरेका सीपीआरओ कपिञ्जल किशोर शर्माले बताए, चाड़पर्वमा यात्रुहरूको बढ्दो माग पूरा गर्न पूसीरेले 864 फेर सहित 31 वटा फेस्टिभल स्पेशल ट्रेन सञ्चालन गरिरहेको जानकारी छ। ट्रेन नम्बर- 03027/03028 (हावडा-न्यू जलपाईगुडी-हावडा स्पेशल)- ले नोभेम्बरको उत्तरार्द्धमा चार अतिरिक्त फेरो लगाउनेछ जसमा प्रत्येक दिशामा दुई-दुई फेरो सामेल छ। यी विशेष रेलहरूले दक्षिणी र उत्तरी पश्चिम बङ्गालबीचको रेल सम्पर्कलाई अझ सुदृढ़ पार्नेछ। साथै बिहारको बारसोई एवं किशनगञ्जका यात्रुहरूलाई पनि प्रत्यक्ष रेल यात्रा सुविधा प्रदान गर्नेछ।

ट्रेन नम्बर- 03027 (हावडा-न्यू जलपाईगुडी) फेस्टिभल स्पेशल हावडाबाट 18 र 25 नोभेम्बरमा 23ः50 बजे प्रस्थान गरेर भोलिपल्ट 10ः45 बजे न्यू जलपाईगुडी आइपुग्नेछ। फर्कने दिशामा ट्रेन नम्बर- 03028 (न्यू जलपाईगुडी-हावड़ा) फेस्टिभल स्पेशल 19 र 26 नोभेम्बरमा 12ः45 बजे न्यू जलपाईगुडीबाट प्रस्थान गरेर भोलिपल्ट 00ः15 बजे हावडा आइपुग्नेछ। यी विशेष रेलहरूले प्रत्येक दिशामा दुई फेरो यात्रा गर्नेछ।

यी विशेष रेलहरूमा 22 वटा कोच हुनेछ। यी रेलहरू दुवै दिशामा बेण्डेल, नवद्वीप धाम, कटवा, आजिमगञ्ज, जङ्गिपुर रोड, मालदा टाउन, बारसोई, किशनगञ्ज र अलुआबारी रोड स्टेशनमा रोकिनेछन्। यी स्टोपेजहरूले सम्बन्धित स्टेशनका यात्रुहरूका लागि हावड़ा र न्यू जलपाईगुडीबीच प्रत्यक्ष रेल यात्राको सुविधा दिनेछन्।

--------

/ बिशाल


 rajesh pande