मुख्यमन्त्री तामाङले छठ पर्वको शुभकामना व्यक्त दिए
ps tamang


गान्तोक, 15 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले छठ पर्वको पावन अवसरमा राज्यवासी तथा यो पवित्र पर्व मनाउने सम्पूर्ण जनसमुदायमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले आफ्नो सन्देशमा सूर्यदेव र छठी माताको आराधनामा समर्पित यस पवित्र पर्वले आस्था, भक्ति, कृतज्ञता तथा प्रकृतिप्रतिको सम्मानको सुन्दर सन्देश बोकेको बताएका छन्।

सूर्यदेवको आशीर्वादले प्रत्येक घरपरिवारमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र सद्भाव कायम रहोस् भन्ने कामना गर्दै उनले छठ पर्वको भावनाले आपसी प्रेम, एकता र आत्मीयताको सम्बन्धलाई अझ सुदृढ बनाओस् तथा सबैको जीवनमा शान्ति र सकारात्मकताको प्रकाश फैलाओस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande