
पछिल्ला सरकारहरूले उत्तर प्रदेशका युवाहरूको भविष्यको चिन्ता गरेनन्ः योगी आदित्यनाथ
लखनऊ, 15 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आइतवार जनजातीय गौरव दिवसको अवसरमा लखनऊको राष्ट्र प्रेरणा स्थलमा स्वामी विवेकानन्द युवा सशक्तिकरण योजना अन्तर्गत 25 लाख ट्याब्लेट वितरण कार्यक्रमको उद्घाटन गरे। यस अवसरमा मुख्यमन्त्रीले लखनऊ, हरदोई, सीतापुर र उन्नाव जिल्लाका 53 हजारभन्दा बढ़ी विद्यार्थीहरूलाई ट्याब्लेट वितरण गरे।
कार्यक्रममा विद्यार्थीहरूलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले भने, आजका युवाहरू आफ्नो प्रतिभा र कड़ा परिश्रम गरेर दुनियाँमा अगाडि बढ्न चाहन्छन्। यसको लागि उनीहरूलाई केवल अवसर र आधुनिक संसाधन चाहिन्छ। मुख्यमन्त्रीले भने, पछिल्लो सरकारहरूले उत्तर प्रदेशका युवाहरूको भविष्यको चिन्ता गर्नुको सट्टा उनीहरूलाई जाति, क्षेत्र र परिवारवादको राजनीतिमा फसाएका थिए। प्रविधिको माध्यमबाट उनीहरूको प्रतिभालाई समर्थन गर्ने कुनै ठोस पहल गरेनन्। हामीले 25 दिसम्बर, 2021- मा अटल जयन्तीमा स्वामी विवेकानन्दको नाममा यो अभियान शुरु गरेका थियौँ। यस योजना अन्तर्गत पहिलो चरणमा 60 लाख विद्यार्थीलाई ट्याब्लेट वितरण गरिसकिएको छ। यस यात्रालाई अगाडि बढाउँदै आज लखनऊबाट 25 लाख अतिरिक्त ट्याब्लेट वितरण कार्यक्रम शुरु भएको छ।
योगी आदित्यनाथले विद्यार्थीहरूलाई भने, ल्यापटपको प्रयोग अध्ययन गर्न तथा देश-दुनियाँलाई चिन्न र जान्नको लागि गरियोस्। हाम्रो सरकारको प्रयास हो कि संसाधनहरूको अभाव कुनै पनि युवाको प्रतिभाको बाटोमा तगारो नबनोस्। उत्तर प्रदेशका हरेक युवाले आफ्नो मेहनतले नयाँ सफलताको कथा लेखुन्। मुख्यमन्त्रीले भने, जसको मनमा जोश र सङ्कल्प हुन्छ उ नै युवा हो। भारत युवाहरूको ज्ञान र पराक्रमले भरिएको छ। तपाईंहरूभित्र बजरङ्ग बलीको शक्ति छ। योगीले युवाहरूलाई आफ्नो शक्तिको अनुभूति गराउन आवश्यक रहेको बताए। भारत विश्वको सबैभन्दा युवा राष्ट्र हो। उत्तर प्रदेश भारतको सबैभन्दा कान्छो राज्य हो। यो युवा शक्तिमाथि विश्वास र युवा शक्तिको परिणाम हो जसको परिणाम उत्तर प्रदेशमा देखिँदैछ।
उप-मुख्यमन्त्री केशव प्रसाद मौर्य, उप-मुख्यमन्त्री ब्रजेश पाठक, उच्च शिक्षा मन्त्री योगेन्द्र उपाध्याय, विधायक डा नीरज बोरा, बिकेटी विधायक योगेश शुक्ला, विधायक ओपी श्रीवास्तव, एमएलसी मुकेश शर्मा, एमएलसी रामचन्द्र प्रधान आदिको कार्यक्रममा विशेष उपस्थिति रहेको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा