
गान्तोक, 15 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज परम पूजनीय टिङ्क्ये गोन्जाङ रिम्पोछेसँग भेट गरेका छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमार्फत सिक्किमका जनताको शान्ति, सुख र कल्याणको कामना गर्दै उहाँबाट बहुमूल्य आशीर्वाद ग्रहण गर्न पाएकोमा आफू धन्य भएको बताएका छन्।
साथै, रिम्पोछेको ज्ञान, प्रज्ञा र करुणाले आगामी दिनहरूमा पनि सिक्किमलाई मार्गदर्शन र आशीर्वाद प्रदान गरिरहोस् भन्ने कामना व्यक्त गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल