मुख्यमन्त्रीले भगवान बिरसा मुण्डालाई नमन गरिन्, भनिन्- जनजातीय समाजमा नयाँ चेतना जगाए
दिल्ली की मुख्यमंत्री रेखा गुप्ता रविवार को भगवान बिरसा मुंडा की प्रतिमा पर पुष्पांजलि अर्पित  करते हुए


दिल्ली की मुख्यमंत्री रेखा गुप्ता  रविवार को भगवान बिरसा मुंडा की 151वीं जयंती पर बांसेरा पार्क में उनकी प्रतिमा पर पुष्पांजलि अर्पित  करते हुए


नयाँ दिल्ली, 15 नोभेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आइतवार भगवान बिर्सा मुण्डालाई उनको 151 औँ जन्मजयन्ती एवं जनजाति गौरव दिवसको अवसरमा बाँसेरा पार्कमा अवस्थित उनको प्रतिमामा पुष्पाञ्जली अर्पण गरिन्। त्यसपछि दिल्लीवासीहरूसित प्रधानमन्त्री नरेन्द्र मोदीको प्रेरणादायी भाषण सुनिन्।

सोशल मिडिया एक्समा पोस्ट गर्दै मुख्यमन्त्रीले भनिन्, प्रधानमन्त्रीले दशकौँदेखि उपेक्षित जनजातीय समाजलाई विकासको मुख्यधारासित जोड़्नक साथै उनीहरूको बिर्सिसकेको गौरवशाली धरोहर, अस्मिता र महानायकहरूलाईराष्ट्रिय सम्मान दिलाएका छन्। पीएम जनमन तथा धरती आबा अभियानहरू यसै सङ्कल्पलाई क्रियान्वयन गरिरहेका छन्।

उनले भनिन्, भगवान बिरसा मुण्डाले कम उमेरमै अन्याय र विदेशी शासनविरुद्ध सङ्घर्षको यस्तो शङ्खघोष गरे जसले आदिवासी समाजमा आत्मसम्मान र स्वतन्त्रताको नयाँ भावना जगाएको थियो। पानी, वन, भूमि एवं आफ्नो संस्कृतिको रक्षा गर्ने उनको सङ्घर्ष एउटा समाजको मात्र नभई सम्पूर्ण राष्ट्रको गौरव अनि पहिचानको सङ्घर्ष थियो। मुख्यमन्त्रीले भगवान बिरसा मुण्डाको त्याग, तपस्या औ बलिदान भारतको महान आदिवासी सम्पदाको अमर अध्याय भएको बताइन्।

यस अवसरमा विधायक तरविन्दर सिंह मारवाह, दिल्ली भाजपा अनुसूचित जनजाति मोर्चाका अध्यक्ष सीएल मीना, प्रदेश उपाध्यक्ष रञ्जित सिंह कश्यप, सुनील चौहान र नगर निगमका काउन्सिलर अर्जुन मारवाह लगायत गण्यमान्य व्यक्तिहरू उपस्थित थिए।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande