
सीतापुर, 15 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको सीतापुर जिल्ला अधिनस्थ ताँबोर थाना क्षेत्रमा आइतवार बिहान द्रूत गतिको अज्ञात वाहनले बाइक सवार तीन जना मानिसहरूलाई ठक्कर दियो। दुर्घटनापछि सड़कमा लड़ेका तीनै जनामाथि इँटाले भरिएको ओभरलोड ट्रयाक्टर ट्रली चढ़्यो। दुर्घटनामा मोटरसाइकलमा सवार दुई दिदी-बहिनी र एकजना भाइको मृत्यु भएको छ। सूचना पाए लग्तै पुलिस घटनास्थलमा पुग्यो अनि ट्रकलाई जफत गरी घटनाको जाँच शुरु गऱ्यो।
क्षेत्राधिकारी लहरपुर अभिषेक कुमारले बताए, देवपालपुर गाउँका बासिन्दा यशपाल (21), गायत्री (19) र पूजा (19) हरियाणामा बसेर नोकरी गर्थे। आइतवार बिहान यी दिदी-बहिनी र भाइ आएका थिए। गाउँका दुई जना मानिसहरू उनीहरूलाई लिन विभिन्न मोटरसाइकलमा पुगेका थिए। एउटा बाइकमा यशपाल आफ्ना दुई दिदी-बहिनीसँग घर जाँदै थिए। लहरपुर-तँबोर रोडमा रिहर पेट्रोल पम्प नजिकै कुहिरो लागेको कारणले द्रुत गतिमा गइरहेको अज्ञात वाहनले उनीहरूको बाइकलाई ठक्कर दियो। तिीनै जना सड़कमा झरे। त्यसपछि उनीहरूलाई इँटाले भरिएको ओभरलोड ट्रयाक्टर ट्रालीले कुल्चियो। दुर्घटना हुँदा बाइक चालक यशपाल र दुवै दिदी-बहिनीले पनि हेलमेट लगाएका थिएनन् जसकारण तीनै जनाको घटनास्थलमै मृत्यु भयो।
सूचना पाएपछि पुलिस घटनास्थलमा पुगेको छ, शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ भने घटनाको जाँच शुरु गरिएको छ।
--------
/ बिशाल