पश्चिम बङ्गालमा आज मौसम सुख्खा रहने, बिहान र साँझ चिसो बढ्ने
पश्चिम बंगाल में आज का मौसम


कोलकाता, 15 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालमा मौसम मुख्यतया सुख्खा रहने अनुमान गरिएको छ। राज्यका अधिकांश जिल्लाहरूमा आकाश सफा रहनेछ भने दिन घामिलो रहनेछ। तर बिहान-बेलुकी हल्का चिसो रहनेछ। बिहान केही क्षेत्रहरूमा हल्का कुहिरो पनि लाग्ने सम्भावना छ।

अलिपुर मौसम विभाग अनुसार आज राज्यका कुनै पनि जिल्लामा वर्षा वा आँधीबेहरी आउने चेतावनी जारी गरिएको छैन। कोलकातामा अधिकतम तापक्रम 29 देखि 30 डिग्री सेल्सियस र न्यूनतम 20 देखि 21 डिग्री सेल्सियस वरपर रहनसक्छ।

दक्षिण बङ्गालका पश्चिमी जिल्लाहरू क्रमैले बाँकुड़ा, पुरुलिया, पश्चिम मेदिनीपुर एवं बीरभूममा रातको तापक्रम अपेक्षाकृत कम हुने सम्भावना छ। यी क्षेत्रहरूमा न्यूनतम तापक्रम 17 देखि 21 डिग्री सेल्सियसबीचमा रहनसक्छ। हावडा एवं तटीय क्षेत्रहरूमा दिनको तापक्रम 30 देखि 31 डिग्री सेल्सियससम्म पुग्नसक्छ।

दार्जीलिङ, कालेबुङ, जलपाईगुडी र मालदा सहित उत्तर बङ्गालका अन्य जिल्लाहरूमा पनि सुख्खा मौसम रहने सम्भावना छ। पहाड़ी तथा तल्लो क्षेत्रहरूमा बिहान हल्का कुहिरो लाग्न सक्छ। मौसम दिनभरि घामिलो रहनेछ।

मौसम विभाग अनुसार बङ्गालको खाड़ीमा विकसित निम्न दबाव क्षेत्र गहिरो भएर डिप्रेसनमा परिणत हुन सक्छ। तर आइतवार पश्चिम बङ्गालको मौसममा यसले उल्लेखनीय प्रभाव भने पार्ने सम्भावना छैन। यसको प्रभावमा आगामी 18 नोभेम्बरदेखि तटीय जिल्लाहरूमा तथा 19 नोभेम्बरदेखि कोलकाता सहित दक्षिण बङ्गालका केही भागहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना व्यक्त गरिएको छ।

--------

/ बिशाल


 rajesh pande