
गान्तोक, १७ नोभेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आगामी २० देखि २२ नोभेम्बर, 2026 सम्म लिङखिमटारमा आयोजना हुने '१६औँ नर्थइस्ट राइडर्स मिट' का लागि आयोजक संस्था ओपन रोड वान्डरर्सलाई शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जालमार्फत उक्त कार्यक्रम सिक्किममा आयोजना हुन लागेकोमा खुशी व्यक्त गरेका छन्। उनले यस तीनदिने कार्यक्रममा भारतका विभिन्न राज्यका साथै विदेशबाट समेत गरी लगभग ४ हजार ७ सय जना मोटरसाइकल चालक सहभागी हुने जानकारी पाउँदा हर्ष लागेको उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले कार्यक्रममा सहभागी हुने सम्पूर्ण राइडरहरूलाई शुभकामना दिँदै सिक्किमको मनमोहक प्राकृतिक सौन्दर्य र आत्मीय आतिथ्यको आनन्द लिन तथा यहाँको भ्रमणलाई अविस्मरणीय बनाउन आग्रह गरेका छन्। साथै, उनले सबै राइडरहरूलाई सुरक्षित र आनन्ददायी यात्राको कामना गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल