
गान्तोक, 17 नोभेम्बर (हि.स.)। राज्यपाल दुष्यन्त गौतम मङ्गलवार शहरी विकास विभागद्वारा लोकभवनको आशीर्वाद भवनमा आयोजित एक विशेष कार्यक्रममा सामेल भएका छन्। यस अवसरमा राज्यपालले मन्त्रीगणको उपस्थितिमा हालै ‘स्वच्छ सर्वेक्षण’-अन्तर्गत देशकी राष्ट्रपति द्रौपदी मुर्मूद्वारा ‘सबैभन्दा स्वच्छ शहर’ को पुरस्कारले सम्मानित मङ्गन नगर पञ्चायतका अध्यक्ष र सबै पार्षद्सँग संवाद गरे तथा उनले यस उपलब्धिका लागि बधाई दिए।
कार्यक्रममा शहरी विकास विभागका मन्त्री भोजराज राई, जङ्गु क्षेत्रका विधायक एवं वन एवं पर्यावरणमन्त्री पिञ्चो नामग्याल लेप्चा, राज्यपालका आयुक्त तथा सचिव एवं शहरी विकास विभागका सचिव जितेन्द्र सिंह राजे, मङ्गन नगर पञ्चायतकी अध्यक्ष छिरिङ डोमा भोटिया, नगर कार्यकारी अधिकारी, शहरी स्वच्छ भारत मिशनका मिशन निदेशक, नगर कार्य विभागका संयुक्त सचिव, राज्य प्रशासनका वरिष्ठ अधिकारीगण तथा स्वच्छता मित्र उपस्थित रहेका थिए।
सभालाई सम्बोधित गर्दै राज्यपालले अत्यन्त हर्ष व्यक्त गरे। उनले भने, “राष्ट्रपतिद्वारा यो पुरस्कार प्रदान गर्दा मलाई सिक्किमका राज्यपालको रूपमा अपार गौरव र प्रसन्नताको अनुभूति भयो। मैले कैयौँ विदेश यात्रा गरेको छु, तर स्वच्छता र अनुशासनको मामिलामा सिक्किमले विश्वअघि उत्कृष्ट उदाहरण प्रस्तुत गर्दछ।” उनले राज्यलाई प्रदूषणमुक्त राख्ने दिशामा गरिएको प्रयासको सराहना गरे।
उनले सिक्किमका नागरिकको प्रशंसा गर्दै यहाँका मानिसहरू अत्यन्त अनुशासित तथा प्रकृति र पर्यावरणलाई हृदयले सम्मान गर्ने बताए। राज्यपालले भने, “प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा शुरु गरिएको स्वच्छ भारत अभियानलाई सिक्किमले सही अर्थमा आत्मसात गर्दैछ र यसलाई आफ्नो दैनिक जीवनमा जिउँदैछ।”
राज्यपालले हालैमा वृद्धाश्रम, अस्पताल र विद्यालयको भ्रमणबारे उल्लेख गर्दै त्यहाँका व्यवस्था, विभिन्न पहल र साफ-सफाइको प्रशंसा गरे। राज्यपालले प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बोधनको वर्णन गरे, जसमा रासायनिक उर्वरकको उपयोगमा चिन्ता व्यक्त गरिएको छ, त्यहीँ अर्कोतर्फ सिक्किमलेपूर्ण जैविक राज्य बनेर पूरै देशसमक्ष एक रोल मोडल प्रस्तुत गरेको छ।
राज्यपालले आफू सिक्किममा आएपछि विभिन्न समाज र समुदायका मानिसहरूसित भेट्ने अवसर प्राप्त भएको बताए। सिक्किम ‘एक भारत, श्रेष्ठ भारत’को सटीक उदाहरण रहेको राज्यपालले जनाए। शहरी विकास विभागका मन्त्री भोजराज राईले आफ्नो सम्बोधनमा राज्यभरिमा ‘स्वच्छ भारत मिशन’ अन्तर्गत सञ्चालित समग्र गतिविधिको विवरण प्रस्तुत गरे। उनले ती विशेष नीति र नवाचारको उल्लेख गरे, जुन अपनाएर सिक्किमले स्वच्छताको क्षेत्रमा देशअघि एक मिशाल कायम गरेको छ।
यसैगरी, जङ्गु क्षेत्रका विधायक तथा वन एवं पर्यावरणमन्त्री पिञ्चो नामग्याल लेप्चाले पनि सभालाई सम्बोधित गर्दै पर्यावरण संरक्षण र स्वच्छताको आपसी समन्वयमाथि आफ्नो विचार राखे तथा मङ्गन नगर पञ्चायतको सम्पूर्ण टोलीलाई शुभकामना दिए। मङ्गन नगर पञ्चायतकी अध्यक्ष छिरिङ डोमा भोटियाले नगर पञ्चायतद्वारा अपनाइएका सर्वोत्तम प्रथा, अपशिष्ट प्रबन्धन र जन-भागीदारी मडलमा विस्तारपूर्वक प्रकाश पारिन्।
हिन्दुस्थान समाचार / बिशाल